सामग्रीमा जानुहोस्

चालिसे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चालिसे नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।


आर्य जाति वा वंश वर्तमान रुस, जर्जिया तथा अजरवैजान राज्यको सङ्गम ककेसियाली पर्वतमालाबाट आर्यान वा इरान, आर्याक वा इराक, आरियाना वा अफगानिस्तानबाट सिन्धघाटी (हालको पाकिस्तान) हुँदै भारतका सौराष्ट्र (गुजरात), जामनगर, कान्यकुञ्ज (उत्तरप्रदेश), सिसौगढ (उत्तराञ्चल) कुमाउ गढवालबाट भएर जुम्ला प्रवेश गरेका हुन् भनिन्छ । यही आर्य वंशका हाम्रा पुर्खा चालिसे थरबाट चिनिनु अघिमूलमा भट्टराई नै थिए । नेपाली समुदायमा प्रचलित थरहरू स्थाननाम वा पदीयनाम, कर्म÷शिक्षा÷दीक्षाका आधारमा रहने गरेको पाइन्छ । त्यसै अनुरुप चालिसे हुनुभन्दा आडिको हाम्रो मूल थर भट्टराइ थियो, जसको व्युत्पत्ति (१) भट्टाज=भट्टराई (२) “राई” उपधि प्राप्त भट्ट (भट्ट+राई), वा भट्टबाडा निवासी मानिएको छ । शिखरनाथ सुवेदीको थरगोत्र प्रवरका साथै विशिष्ट अन्वेषक योगी नरहरिनाथका अनुसार भट्टराइका पूर्वज कर्णाली प्रदेशको सिञ्जा वा दैलेखको भट्टबाडा भन्ने गाउँ (सुदूर पश्चिममा गाउँ वा टोललाई बाडा भनिन्छ ।) मा बस्दथे । त्यहाँ बस्ने पुर्खाको थर भट्टबाडा–भट्टबारा–भट्टरारा हुँदै भट्टराई हुन गएको एक थरी मत रहेको छ । यसरी नै भट्टको अर्थ विद्वान् र राइको अर्थ राजा (विद्वान्हरूमा विशिष्ट भन्ने बुझिन्छ । भनिन्छ भट्टराइका पुर्खा गर्भुभट्टले सिञ्जाली राजा अभय मल्ल र अर्का विद्वान् रामदास भट्टले जुम्लाका कल्याल नरेश बलिराज रावलद्वारा सम्मानसूचक पदवी “राई” उपाधि प्रदान गरेपछि विद्वताबोधक “भट्ट” मा “राई” मिलेर भट्टराई बनेको भनिन्छ । मिथक र पौराणिक साहित्य अनुसार ऋषि वशिष्ठदेखि प्रारम्भ हुँदै आएको यो गोत्रवंश पराशर, व्यास, शुकदेव हुँदै अघिबढेको हो । पौराणिक कालपछि हाम्रो ऐतिहासिक प्रमाण ऋषि भट्टदेखि फेला फेला पर्ने उल्लेख भेटिन्छ । उनै ऋषिभट्टको नवौ ंपुस्ताका सेतु पाध्येसम्म हामी भट्टराई थरको एउटै हाँगोमा उनिएका थियौं । दशौँपुस्ताका उनकै छोरा रमण उपाध्याय भट्टराईदेखि मात्रै भट्टराई थर छाडेर चालिसे भनिन थाले । उनले राजा उदय वर्माको विद्वत्सभामा शास्त्रार्थ गरी सबैलाई प्रभावित गर्नुका साथै एक खुट्टाले उभिइ शुक्लयजुर्वेदको चालीस अध्याय बेद् मुखाग्र पाठ गरेबाट राजाबाट चालिसे उपाधि प्रदान गरिएको हो भन्ने एउटा किम्वदन्ती सुनिन्छ । भट्टराई वंशाललिमा पनि यसको उल्लेख गरिएको छ । भट्टराई र चालिसे दुवैको गोत्र वशिष्ठ र प्रवर वशिष्ठ–इन्द्रप्रवर–आभद्रवशु हो । यसरी भट्टराईबाट चालिसे भनिनुका पछाडि अरु पनि केही किम्वदन्ती भेटिन्छ । राजा उदय वर्माले उक्त उपाधिका साथै आछाम जिल्लामा बाह्रबीसे नाउँको जग्गा समेत बिर्ता दिए । त्यो उपाधि थरमा परिणत हुन गयो । त्यहाँदेखि नै उनका सन्तान चालिसे थरबाट चिनिन थाले । यसैसँग मिल्दोजुल्दो अर्को कथा सुनिन्छ । सुदूरपश्चिममा पर्ने अछाम राज्य अन्तर्गत नै कुनै एउटा कुनै गाउँमा मन्दिर थियो । त्यो मन्दिरमा उनै रमण पाध्याय भनिने भट्राई थरका एकजना ब्राह्मण विहान सधैं एउटै खुट्टामा उभिएर चालीस अध्याय बेद मुखाग्र पाठ गर्ने गर्थे । ती राजा पनि विहान सधैं उक्त मन्दिरको दर्शन गर्न जाँदारहेछन् । मन्दिर छेउमैं एउटा सानो पोखरी रहेछ । पोखरी कै छेउमा टुप्पोदेख सुक्दै गएको एउटा कमलको वृक्ष रहेछ । एक विहान ती ब्राह्मण मन्दिरमा देखिएनछन् । राजालाई बेदपाठी ब्राह्मणको नाउँ थाहा नभएकोले ती व्राह्मणलाई नदेखेपछि सोधेछन् – “एक खुट्टाले उभिएर चालीस अध्यया बेद पाठ गर्ने चालिसे बाजे आज कता गए, देखिँदैनन् नि ?” राजाले त्यति भनेपछि उहाँको खोजीनिधि भयो । ब्राह्मणका बारे सबै कुरा बुझेपछि उनले तिनको परीक्षा लिने विचार गरेर भनेछन् – तिमी र तिम्रो मन्त्रमा शक्ति छ भने टुप्पोबाट सुक्दै गएको त्यो वृक्षलाई हरियो बनाऊ त । त्यो सुनेर ब्राह्मणले पनि मृत्युन्जय पाठ सहित यज्ञ गरे । अचम्म, यज्ञ गर्दागर्दै वृक्ष हरियो हुृँदै गयो । त्यो देखेर प्रभावित भइ उनलाई राजगुरुको पदका साथै चाल्सा भन्ने ठाउँको जग्गा समेत बिर्ता दिए छन् । त्यहीँदेखि त्यो चाल्सा बिर्तामा बस्ने उनी र उनका सन्तान भट्टराईको ठाउँमा चालिसे थरले चिनिन थाले । जेहोस्,अहिले पनि दैलेख–जाजरकोटको सीमामा चाल्सा भन्ने ठाउँ रहेको र त्यहाँ चालिसे थरका ब्राह्मणहरूको बसोबास समेत पाइने भएकोले किम्वदन्ती नै भए पनि यसलाई पनि अविश्वास गरिहाल्न मिल्दैन । जे होस्, उनै विद्वान् पण्डित रमन पाध्येले अछाम नरेश उदय बर्माबाट चाल्सा भन्ने ठाउँ बिर्तामा पाए पछि चाल्सा नाउँ गरेको गाउँमा बसोबास गर्ने भट्टराई जति चालिसे भनिन थालेको देखिन्छ । नेपालमा वाइसे चौवीसे राज्य प्रथा कायम रहँदा पश्चिम नेपालको कुनै राजाको राजदरवारमा शुक्लयजुर्वेदको अध्ययन अध्यापनमा विशिष्टता हासिल गरी ४० अध्याय वेद कण्ठस्थ गरेका भट्टराई थरका विद्वान्को परिचय नै पछि गएर चालिसे बन्न पुगेको भन्न सकिन्छ । यसरी ऋषि भटट्देखि भट्टराई बंशका दशौँ पुस्ताका रमन पाध्याबाट भट्टराई थरको एउटा हाँगोले वशिष्ठगोत्री चालिसे थर ग्रहण गरेको देखिन्छ । उनका सन्तानहरू अछाम हुँदै पूर्वतर्फ बढ्ने सिसिलामा दैलेख, सुर्खेत, बागलुङ, गुल्मी, कास्की, हुँदै मस्याङ्र्दीको किनारै किनार भएर नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौँभएर रामेछाप तर्फ अघि बढेको देखिन्छ । अझै अगाडि पूर्व सिक्किम, आसाम, गौहाटी र भूटानमा सकेत चालिसेहरू विस्तार हुँदै गए । सिन्धुपाल्चोकको जरायोटारबाट काठमाडौँ आएको हाँगो सर्वप्रथम गोकर्णेश्वर नगरपलिका, आरुबारीको माथि जगडोलमा बसोवास गरेको पाइन्छ । रमन पाध्याका कुन सन्तान कुन समय चाल्साबाट यता आए, त्यसको प्रामाणिक जानकारी पाइएको छैन । एक थरी भनाइमा चालिसेहरू पश्चिमबाट उपत्यका पस्दा सुरुमा थान्कोटमा आएर बसोबास गरे । त्यहाँबाट तिनकै कुनै सन्तान काठमाडौँतिर नलागी सिधै पूर्व एक नम्बरको सिन्धुपाल्चोकको देउपुरस्थित जरायोटार पुगे । काठमाडौँमा नबसी सोझै सिन्धु गएर बसोबास गर्नुका पछाडि निश्चय नै केही कारण हुनुपर्छ । आफू आएको पश्चिम पहाडको जस्तै वातावरण, हावापानी र रहनसहन मिल्ने ठाउँ खोज्ने क्रममा त्यसो गरिएको अनुमान गर्न सकिन्छ । पश्चिम पहाडको कृषिप्रधान क्षेत्रबाट आएका उनीहरूका लागि काठमाडौँको संस्कृति, अर्थव्यवस्था र रहनसहन पक्कै सुहाउँदिलो थिएन । त्यसैले यहाँ तालमेल नमिल्ने देखेर उनीहरूको छनोटमा उँचाइयुक्त पहाडी भेगमा पर्ने सिन्धुको जरायोटार पर्नु स्वाभाविक थियो । त्यस अगाडि कता हुँदै पश्चिमबाट पूर्व सर्दै आयौं, निक्र्योल भइसकेको छैन ।

Aryan race or descent from the Caucasian Mountains at the confluence of present day Russia, Georgia and Azerbaijan to Aryan or Iran, Aryak or Iraq, Ariana or Afghanistan through Sindhghati (present day Pakistan) to Saurashtra (Gujarat) of India, Jamnagar, Kanyakunj (Uttar Pradesh), Sisaugadh (Northern)  He is said to have entered Jumla through Garhwal.  Our ancestors of this Aryan dynasty were known from Chalise Thar before Bhattarai.  The surnames prevalent in the Nepali community are found to be based on place name or rank name, karma / education / initiation.  Similarly, our original surname was Bhattarai, which is derived from (1) Bhattaj = Bhattarai (2) Bhatt (Bhatt + Rai), or a resident of Bhattabad.  According to Shikhar Nath Subedi's Thargotra Pravara as well as the distinguished investigator Yogi Narharinath, Bhattarai's ancestors lived in a village called Sinja in Karnali province or Bhattabada in Dailekh (a village or toll in the far west is called Bada).  There is an opinion that the ancestry of the ancestors living there became Bhattarai through Bhattabada-Bhattabara-Bhattarara.  Similarly, Bhatt means scholar and Rai means king. It is said that Bhattarai's ancestor Garbhubhat was awarded the honorary title of "Rai" by Sinjali king Abhay Malla and another scholar Ramdas Bhatt was awarded the honorary title of "Rai" by Jumla's Kalyal king Baliraj Rawal.  According to mythology and mythology, this tribe started from Rishi Vashishta and progressed through Parashar, Vyas and Shukadev.  It is said that only his son Raman Upadhyaya of the tenth generation left the surname Bhattarai and became known as Chalise. He is said to have influenced everyone by studying the scriptures of King Uday Verma and reciting forty chapters of Shuklayajurveda with one foot.  It is also mentioned that the tribes of both Bhattarai and Chalise are Vashishta and  Pravara is Vashishta-Indrapravara-Abhadravashu.  Thus, there are some other legends behind Bhattarai being called Chalise.  King Uday Verma also bestowed the title and a land named Barhabise in Achham district.  That title turned into Thar.  From there, his descendants became known as Chalise Thar.  Another similar story is heard.  There was a temple in one of the villages under the Achham kingdom in the far west.  In that temple, a Brahmin from Raman Padhyaya, also known as Raman Padhyaya, used to stand on one foot and recite forty chapters of Vedas in the morning.  The king is also visiting the temple in the morning.  There is a small pond near the temple.  Next to the pond is a drying lotus tree.  One morning they were not seen in the Brahmin temple.  As the king did not know the name of the Bedapathi Brahmin, when he did not see the Brahmin, he asked, "Where did the forty-year-old Baje, who stood on one foot and recited forty chapters of the Bed, go today?"

When the king said that, he was searched.  After understanding everything about the Brahmin, he thought of testing him and said, "If you and your mantra have power, make the tree that is drying from the top green."  Hearing that, Brahmins also performed Yajna with Mrityunjaya text.  Surprisingly, while performing the Yajna, the tree grew green.  Impressed by this, he was given the title of Rajguru as well as land in a place called Chalsa.  From then on, he and his son Bhattarai, who lived in Chalsa Birta, became known as Chalise Thar.  In any case, there is a place called Chalsa on the Dailekh-Jajarkot border even now and there are forty Brahmins living there, so even if it is a legend, it cannot be disbelieved.  In any case, the same scholar Pandit Raman Padhye found a place called Chalsa in Birta from Achham Naresh Uday Burma.  It can be said that the introduction of Bhattarai Tharka, a scholar who memorized 40 chapters of the Veda by specializing in the study and teaching of Shuklayajurveda in the royal court of a king of western Nepal, later became forty.

Thus, from the sage Bhatt to Raman Padhya of the tenth generation of the Bhattarai dynasty, a branch of the Bhattarai dynasty seems to have adopted the Vashishtagotri Chalise surname.  His descendants are moving eastwards through Achham, passing through Dailekh, Surkhet, Baglung, Gulmi, Kaski, passing through the banks of Masyangdi, passing through Nuwakot, Sindhupalchowk, Kathmandu and moving towards Ramechhap.  Even further, the Saket fortys were expanding in East Sikkim, Assam, Guwahati and Bhutan.  Hango, who came to Kathmandu from Jaryotar of Sindhupalchowk, was first found to have settled in Jagdol above Gokarneshwar Municipality, Arubari.  It is not known which of Raman Padhya's children came here from Chalsa at what time.  According to one source, the forty came to the valley from the west and first settled in Thankot.  From there, none of his descendants went straight to Kathmandu and went straight to Jaryotar in Deupur of Sindhupalchowk, number one in the east.  There must be some reason behind going directly to the Indus instead of settling in Kathmandu.  It can be assumed that this was done while searching for a suitable place for the environment, climate and living conditions like the western hills.  Coming from an agricultural region in the western hills, Kathmandu's culture, economy and way of life were definitely not suitable for them.  Therefore, seeing the lack of coordination here, it was natural for them to choose the roots of the Indus in the highlands.  Before that, we were moving from west to east.