धिताल
धिताल नेपालको पहाडी ब्राह्मण जाति खस बाहुनको थर हो ।
धितालहरूको उद्गम स्थल
[सम्पादन गर्नुहोस्]धिताल शब्दको उत्पत्तिमा विचार गर्दा यो शब्द नेपालको जुम्ला जिल्लाको सिंजामा पर्ने धिंतामा बस्नेहरूलाइ धिताल भनिएको हो भनि अहिलेसम्मका प्रमाण तथा खोज र विश्लेषणबाट पुष्टि हुन्छ । खास गरी कालिकोट जिल्लाको सान्नी भन्ने ठाउँमा बस्ने गौतम गोत्री सञ्ज्यालहरूको पूर्खाहरू मध्य एक भाइ जुम्लाको धिता गई बसेको र उनिहरू बसेको ठाउँको आधारमा धिताल भनिएको भन्ने पुष्ट प्रमाण छ । त्यही धिताबाट विभिन्न राम्रा तथा नराम्रा कारणहरूले धिताल भनिने गौतम गोत्री सञ्ज्यालहरू नेपालका विभिन्न जिल्लाहरूमा गएको इतिहास देखिन्छ ।[१]
अर्का धितालहरु गाेर्खाका धितालहरु हुन् जाे काैडिन्य गाेत्र हुन् । उनीहरुकाे इतिहास भिन्नै छ । उनीहरुकाे पूर्खा ढुगाना हाे । राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा खेरीको समयमा केही समयको लागि युद्धविराम हुँदा युद्धका हातहतियारहरु गोर्खाका ति ढुंगानाहरुलाई जिम्मा लगाइएको थियो । भने पछि राजा पृथ्वी नारायण शाहले उक्त हातहतियार फिर्ता माग्दा उक्त सामानहरु जस्ताको तस्तै राजालाई फर्काएको हुँदा राजा पृथ्वीनारायण शाहले ती ढुंगाना जातका ब्राह्मणहरुलाई धितोवाला कायम गरेका थिए । पछि धितोवाला शब्द अपभ्रस भई धिताल रहन गयो भन्ने भनाई छ ।
धितालहरूको बस्ती
[सम्पादन गर्नुहोस्]जुम्लाको धिताबाट गएका गौतम गोत्री सञ्ज्यालहरूलाई धिताबाट अन्यत्र गएका हुनाले धिताल हो । धिताका धितालहरू विभिन्न समयमा विभिन्न कारणले नेपालको पूर्वी भू-भागतिर लागेका थिए । धिता छोडेर अन्यत्र गएका धितालहरू पूर्व काभ्रे, सिन्धुपाल्चोक काठमाडौंसँग जोडिएका क्षेत्रहरूमा, काडमाडौंको उत्तर-पश्चिमी काठ क्षेत्रमा फैलिएको पाइन्छ । त्यस्तै भक्तपुरमा पनि गौतम गोत्री धितालहरू रैथाने भई बसेको पाइन्छ । [१]
ती धितालहरु नेपालको गोर्खा जिल्लालाई मुल थलो मान्दछन् । अहिलेको पोखरामा भएको बिन्दबासिनी माता पहिले गोर्खामा थियो । यही धितालहरुको पुर्खाले कुल देवता मान्दै आएको बिन्दबासिनी मातालाई कास्कीको पोखरामा लगी स्थापना गरेका हुन् भन्ने किन्बदन्ती रहेको छ ।
फरक मत
[सम्पादन गर्नुहोस्]जुम्ला धितालिहीका धितालहरू त प्रष्टरूपमा सान्नीका सञ्ज्याल नै भएको प्रमाणित छ, यसको प्रमाण रूपमा अहिले पनि सान्नीका गौतम गोत्री सञ्ज्यालहरू "एक भाइ धिताल, एक भाइ सञ्ज्याल" भनेर उखानै गर्दछन् । तर कतिपय धितालहरूले अर्कै गोत्र भन्ने गरेको पनि पाइएको छ । यदी जुम्लाको धितालिहीको धितालसँग पुर्खा जोडिन्छ भने त्यो नितान्त गौतम गोत्री धिताल हो । किनकी धिताका धितालहरू भनेका कालिकोटको सान्नीबाट गएका जुम्ला तर्फ गएका सञ्ज्याल नै हुन् । अहिलेसम्म कर्णाली अञ्चलमा धिताल र सञ्ज्याल भाई-भाई भइ बसेको इतिहास प्रष्ट छ । तसर्थ आफ्नो पुर्खा जुम्ला धिताली बताउने नेपालका जुनसुकै ठाउँका धिताल भए पनि ति निसन्देह गौतम गोत्री धितालहरू हुन् । [१]
यस थरका व्यक्तिहरू
[सम्पादन गर्नुहोस्]- श्रेया धिताल, नेपाली पौडीबाज
- कुमुद धिताल, नेपाली-अष्ट्रेलियाइ मुटु विशेषज्ञ