सिन्धुपाल्चोक जिल्ला

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सिन्धुपाल्चोक जिल्ला
Sindhulpalchok district location.png
अञ्चल: बागमती अञ्चल
सदरमुकाम: चौतारा
क्षेत्रफल: २,५४२ वर्ग कि.मि.
जनसंख्या: २,८७,७९८ (विसं २०६८)[१]
गाविस संख्या: ७९
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: तामाङ,सन्यासी,नेवार,मगर,क्षेत्री,ब्रामण,कामी आदि
प्रमुख भाषाहरू: नेपाली,तामाङ,नेवारी,मगर आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०११
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcsindhupalchowk.gov.np
 हे  वा  सं 


सिन्धुपाल्चोक जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो। यो जिल्ला बागमती अञ्चलमा पर्दछ। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो। सिन्धुपाल्चोक जिल्लामा ७९ गाविसहरू रहेका छन। यो जिल्ला विकासको हिसाबले पछाडी परेको पहाडी जिल्ला हो।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघि सिन्धुपाल्चोक जिल्ला "पूर्व १ नम्बर" प्रशासनिक क्षेत्र अन्तर्गत पर्दथ्यो। काभ्रे र सिन्धुपाल्चोक दुबै इलाकाहरू समाहित "पूर्व १ नम्बर"को मुख्य प्रशासनिक मुकाम चौतारा थियो भनॆ धुलिखेलमा चाहि छोटी मुकाम। जुन समयमा सिन्धुपाल्चोक "पूर्व १ नम्बर" अन्तर्गत थियो त्यसबखत प्रशासनिक सुविधाका लागि ४० वटा थुमहरू खडा गरिएका थिए। ती ४० थुमहरू भित्र "सिन्धु" र "पाल्चोक" नामका दुई वटा थुमहरू पनि थिए। तिनै दुई थुमहरूको संश्लेषणबाट सिन्धुपाल्चोक जिल्लाको नामाकरण भएको बुझिन्छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

पौराणिक-ऐतिहासिक सन्दर्भ[सम्पादन गर्ने]

  • ऋषि विश्वामित्रको तपोवन पाँचपोखरीमा थियो। श्रृङ्ग ऋषि पनि हिमालका छेउमा तपस्या गरी बसेका थिए। एकपटक नारद उनलाई भेट्न गएछन्। ठण्डीले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र श्रृङ्ग ऋषिले तातोपानीको धारा खोलिदिए।
  • पर्वतराजकी छोरी पार्वती यहींका हिमचुलीहरूमा टेक्थिन् र खेल्थिन्। हिमवत्खण्डमा जनाइए अनुसार उनी एक समय हिरण्यशेखर नामको पर्वतमा गइन् र त्यहाँ उनले सनातन नाम गरेका ऋषिलाई पूजा गरिन् अनि दान दिइन्। त्यसबखत पार्वतीको ओठको छेउबाट पसिना खस्यो; अनि तुरुन्तै पहेंलो रङ्गको भई नदी बनेर पहाडमा बग्यो - त्यही नदी सुनकोशी नदी हो।
  • राजा इन्द्रले कुनै बेला स्वर्गको राजपाट सबै छोडेर नदीका तीरमा आई तपस्या गर्न लागे। उनी नहुँदा स्वर्गमा बाधा पर्‍यो र इन्द्राणी आई विलाप गर्न लागिन। उनको विलाप सुनेर इन्द्रको मति फिरेछ। उनी फेरि स्वर्गमा गएर राजपाट सम्हाल्न थाले। इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम इन्द्रावती नदी रह्यो।

यसबाहेक इतिहासका विभिन्न नायक एवं पात्रहरूको नाम यस जिल्लाका देवस्थल, भूस्थल, युद्धस्थल र सीमास्थलसँग सन्दर्भित भएर आउँछन्। ती पात्रहरूमध्ये हेलम्बु निर्वासित भएकी राजराजेश्वरी (रणबहादुर शाहकी जेठी रानी) दुगुनागढी र बहादुर शाह, जनरल भीमसेन थापा र भोताङ, अभयानन्द स्वामीका नामले प्रख्यात जनरल रणवीरिसंह थापा, रणनैनेश्वर शिवालय र सिपा हवेली, तिब्बतसँग सन्धि गरेर फर्केका काजी भीम मल्ल; सुनकोशी एवं इन्द्रावती संगममा क्रूरतापूर्वक उनको हत्या र उनकी पत्नीको श्राप आदि शताब्दीयौंसम्म नर्बिसने महत्वपूर्ण घटनाहरू हुन्।

सिन्धुपाल्चोक सम्बन्धी केही तथ्यहरू[सम्पादन गर्ने]

  • क्षेत्रफलको आधारमा यो जिल्ला मध्यमाञ्चल विकासको १९ जिल्लामध्येको सवैभन्दा ठूलो जिल्ला हो।
  • चीनसँग सडकमार्ग भएर जोड्ने महत्वपूर्ण ब्यापारिक नाका तातोपानी यसै जिल्लामा पर्दछ।
  • काठमाडौ‌बाट सबैभन्दा नजीक मानिएको जुगल हिमाल यसै जिल्लामा पर्दछ।
  • मुलुकमा नै सबैभन्दा बढी सन्यासीहरूको बसोबास भएको जिल्ला पनि सिन्धुपाल्चोक हो।
  • ठूलोधादिङ गाविसले रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई जोड्छ।
  • विश्वमा नै साहसीक खेल मानिएको १६० मीटर अग्लो बञ्जीजम्प भोटेकोशी नदी माथि यसै जिल्लामा पर्दछ।

व्यापारिक केन्द्र[सम्पादन गर्ने]

तातोपानी, बाह्रबिसे, चौतारा, खाडीचौर, लामोसाँघु, जलबिरे, मेलम्ची, नवलपुर, चनौटे, तिपेनी, मुडे, बलेफी, सुकुटे, बाहुनेपाटी, सिक्रे, चेहेरे आदि।

प्रमुख नदीनालाहरू[सम्पादन गर्ने]

इन्द्रावती, भोटेकोशी, सुनकोशी नदीहरूदेखि बलेफी (ब्रम्हायणी), मेलम्ची, सिन्धुखोला, गोहोरेखोला, झ्याँडीखोला, हाँडिखोला, मादेवखोला, तौथलीखोला, वाफलखोला जस्ता खोलाहरू यहाँका प्रमुख नदीनालाहरू हुन्।[२]

मुख्य ताल पोखरी[सम्पादन गर्ने]

पाँचपोखरी,सिपाखोला, भैरवकुण्ड, गुम्वा ताल, सूर्यकुण्ड, नौलिङ्ग कुण्ड, धुप कुण्ड, गुन्यु ताल आदी यहाँका प्रमुख ताल तथा पोखरीहरू हुन्।[२]

प्रमुख तीर्थस्थलहरू[सम्पादन गर्ने]

गौराती भीमेश्वर, सुनकोशी महादेव, पाल्चोक भगवती, तौथली माईस्थान, तातोपानी, पाँचपोखरी, फट्केश्वर महादेव, धुपु प्रमुख तीर्थस्थलहरु हुन् ।

धार्मिक तथा पर्यटकीय स्थलहरू[सम्पादन गर्ने]

हेलम्बु, पाँचपोखरी, तातोपानी, गौराती भीमेश्वर मन्दिर, भैरवकुण्ड, दुगुनागढी, जुगल हिमाल, गाङजाला भञ्ज्यामङ, भेमटाङ, पाल्चोक भगवती, पाताल गुफा, त्रिपुरासुन्दरी मन्दिर, सुनकोशी र इन्द्रवतीको तीर ताप्चे, रानीपोखरी, पात्लेपानी, फुस्रे, ओख्रेनी, ताप्चेको हरियाली पाटी भञ्ज्याङ,लिस्ति दभि।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal
  2. २.० २.१ २.२ "सक्षिप्त परिचय". जिविस सिन्धुपाल्चोक. Retrieved २०११-०९-०१.  Check date values in: |accessdate= (help)

बाह्य लिङ्क[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]