थकनी
थकनी | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
थकनी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थकनी गाविस जिल्लाको पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकामबाट १० कोष दुरी टाढा भएपनि राजधानी काठमाडौबाट नजीकै पर्दछ। यस गाविसले १९.१५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। थकनीको पूर्वमा सिन्धुकोट पश्चिममा काठमाडौ जिल्ला उत्तरमा महांकाल तालामाराङ र दक्षिणमा हैबुङ गाविस पर्दछ। सिन्धु थुम अन्तर्गत यस गाविसमा औसत हावापानी पाइन्छ। गाविसको अधिकांश भूभागमा टारी फाँट भएका कारण यहाँ मानिसहरू व्यावसायीक कृषिमा व्यस्थ हुने गर्दछन्a। व्यावसायीक धान उत्पादन मकै तथा गहुँ उत्पादन यहाँको प्रमुख कृषि उत्पादन हो। यस गाविसमा तामाङ जातिहरूको बाक्लो बसोबास छ। विसं २०५८ सालको जनगणना अनुसार थकनी गाविसमा ७९४ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३७८८ छ। [१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |