ठूलोपाखर
Jump to navigation
Jump to search
ठूलोपाखर | |
---|---|
देश | ![]() |
राज्य | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
ठूलोपाखर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। ठूलोपाखर गाविस जिल्ला सदरमुकामबाट ६ कोष टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल १५.९१ वर्ग किलोमिटर क्षेत्रफल छ। गाविसको पूर्वमा अत्तरपुर पश्चिममा थुम्पाखार उत्तरमा पेड्कु र दक्षिणमा लिसंखु गाविस पर्दछ। प्राकृतिक सुन्दरताले धनी यस गाविस तौथली थुम अन्तर्गत पर्दछ। ठूलोपाखारमा औसत हावापानी पाइन्छ। गाविसका जनताहरू कृषिमा नोकरी तथा अन्य व्यापार व्यावसाय पेशामा व्यस्थ हुन्छन्। ठूलोपाखारको मख्य कृषिबाली धान गुहँ र मकै हो। तामाङ जातिहरूको बाक्लो बसोबास भएको यस गाविस अन्य गाविसको तुलनामा विकसित गाविस हो। विसं २०५८ सालको जनगणना अनुसार ठूलो पाखारमा कुल ७५० घरधुरी मध्ये कुल जनसङ्ख्या ३४६४ छ। [१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "ठूलोपाखर", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |