तौथलीनेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। तौथली विविध धार्मिक, साँस्कृतिक रूपले परिचित सिन्धुपाल्चोकको एक गाविस हो। ऐतिहासिक तौथली गाविस जिल्लाकै प्रख्यात गाविस हो। जिल्ला सदरमुकामबाट ८ कोष दुरी टाढा पर्ने यस गाविसले १७.९४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। तौथलीको पूर्वमा दोलखा जिल्ला पश्चिममा टेकनपुर उत्तरमा पिस्कर र दक्षिणमा पुड्कु जेठल गाविसहरू पर्दछन्।तौथली थुम अन्तर्गत पर्ने यस गाविसको अधिकांश क्षेत्रमा नेवार र थामी जातिहरूको बसोबास छ। तौथलीका मानिसहरू प्राय कृषि व्यापार नोकरी तथा अन्य पेशामा व्यस्थ हुन्छन्। यस गाविसमा औसत हावापानी पाइन्छ।ऐतिहासिक भगवती मन्दिर, त्रिपुरासुन्दरी मन्दिर तौथली गाविसमा पर्दछ। जुन मन्दिर हिन्दू तीर्थालुहरूका लागि निकै प्रसिद्ध मानिन्छ। विसं २०५८ सालको जनगणना अनुसार तौथलीमा कुल घरपरिवार ७९१ मध्ये कुल जनसङ्ख्या ३८८६ छ। [१]