हगाम
हगाम | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हगाम नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। हगाम गाविस जिल्लाको मध्य भागमा अवस्थित छ। जिल्ला सदरमुकामबाट करिव पाँच कोष दुरी टाढा पर्ने यस गाविको कुल क्षेत्रफल ३३.८२ वर्ग किलोमिटर छ। हगामको पूर्वी सिमानामा घुम्थाङ गाविस पश्चिममा बराम्ची तथा जलबिरे गाविस उत्तरमा पाङताङ गाविस र दक्षिणमा फुल्पिङकोट गाविस पर्दछ।लिस्ती थुम अन्तर्गत पर्ने यस गाविसमा चिसो तथा औसत हावापानी पाइन्छ। यस गाविसमा तामाङ जातिको बाहुल्यता छ। गाविसका अधिकांश मानिसहरू घरेलु उद्यम तथ कृषिमा व्यस्थ हुने गर्छन्। यस गाविस प्राकृतिक रूपमा निकै नै सुन्दर गाविसमा गनिन्छ। हगामलाई ग्रामीण पदयात्राका लागि पनि उपयुक्त गाविस मानिन्छ।यस गाविस जिल्ला निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गत पर्दछ। वि.सं. २०५८ सालमा हगाको साक्षरता दर २१ घरपरिवार संख्या ७६५ र जनसङ्ख्या ४००८ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |