सामग्रीमा जानुहोस्

फुल्पिङडाँडा

निर्देशाङ्कहरू: २७°४१′N ८५°५४′E / 27.68°N 85.90°E / 27.68; 85.90
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फुल्पिङडाँडा
पूर्व गाविस
फुल्पिङडाँडा मा पर्दछ बागमती प्रदेश
फुल्पिङडाँडा
नेपालको नक्सामा फुल्पिङडाँडाको अवस्थिति
फुल्पिङडाँडा मा पर्दछ नेपाल
फुल्पिङडाँडा
फुल्पिङडाँडा (नेपाल)
निर्देशाङ्क: २७°४१′N ८५°५४′E / 27.68°N 85.90°E / 27.68; 85.90
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक जिल्ला
क्षेत्रफल
 • जम्मा१८.७५ किमी (७.२४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४,८०२
 • घनत्व२६०/किमी (६६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

फुल्पिङडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४८०२ रहेको थियो जसमध्ये २३०५ पुरुष र २४९७ महिला रहेका थिए भने यहाँ १०५४ घरधुरी रहेको थियो।[][] यो हाल बलेफी गाउँपालिकामा पर्दछ।

यसको साविकका १-४,८ वडाहरू बलेफी गाउँपालिकाको वडा नम्बर ४ भने ५-७,९ वडाहरू ५ हो।

जिल्ला सदरमुकाम चौताराबाट ५ किलोमिटर दुरीमा रहेको फूल्पिङडाँडा गाउँ विकास समितिको पूर्वमा मांखा, पश्चिममा कुविण्डे र इर्खु गाविस पर्दछ। उत्तरमा फुल्पिङकोट र मांखा गाविस पर्दछ भने दक्षिणमा पांग्रेटार, यमुनाडाँडा र कदमबास गाविस पर्दछ। सुनकोशी र ब्रम्हायणी नदीले घेरिएको छातिमा फलाँटे कालिका र कपिलेश्वर महादेव स्थानलाई राखेर गाउँबस्ती,वनज‌ङ्गल, खोलानालाहरूले सिंगारिएको फूल्पिङडाँडा चारकुने आकारमा फैलिएको छ। भौगोलिक हिसावले अधिकांश भाग भिरालो रहेको यस गाविस ब्रम्हायणी र सुनकोशी नदीको बहावले दुई धारमा फर्केर रहेको छ। समुन्द्र सतहबाट ७०० मिटर उचाईमा रहेको बलेफी स्थित कपिलेश्वर महादेव स्थान देखि १६०० मिटर उचाई रहेको करंगैरा डाँडासम्म फैलिएको छ। ठण्डा हावापानी देखि टार तथा बेसीको उष्ण हावापानीका कारण उहाँको प्राकृतिक वातावरण सुन्दर लाग्दछ। यहाँ धान, मकै, गहुँ, आलु जस्ता अन्न तथा तरकारी बालीनाली राम्रो उत्पादन हुने गर्दछ। अधिकांश जनता कृषिमा नै आश्रित यस गाविसमा बिन्ज्यालबेसी, ज्यामिरेबेसी र निवुवाबोटे बेसी, सान्टार, टिप्टार लगायतका खेतीयोग्य फाँटहरू पर्दछन।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "फुल्पिङडाँडा", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति