ठूलोसिरुबारी
ठूलोसिरुबारी | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
ठूलोसिरुबारी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। ठूलोसिरुबारी जिल्लाको दक्षिणी भेगमा अवस्थित छ। जिल्ला सदरमुकामबाट करिव ३ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २२।४७ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा साँगाचोक पश्चिममा भोटसिपा उत्तरमा सानुसिरुबारी इर्खु र दक्षिणमा काभ्रे जिल्ला पर्दछ। चौतरा थुम अन्तर्गत पर्ने यस गाविसमा ब्राम्हण जातिको बाक्लो बसोबास छ। यस गाविसका मानिसहरू व्यवासायीक कृषिमा व्यस्थ हुने गर्दछन्। व्यावसायीक धान उत्पादन गुहँ उत्पादन मकै उत्पादन पशुपालन यहाँको प्रमुख कृषि पेशा हो। इन्द्रावती नदी पनि यसै गाविस भएर बग्ने भएकाले यहाँ आन्तरिक पर्यटनको राम्रो सम्भावना छ। वि.सं. २०५८ सालको जनगणना अनुसार ठूलो सिरुबारीमा कुल १२०५ घरपरिवार मध्ये कुल जनसङ्ख्या ६७७० छ। [१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "ठूलोसिरुबारी", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |