ठूलो धादिङ
ठूलो धादिङ | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
ठूलो धादिङ नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। ठूलोधादिङ जिल्लाको दक्षिण पूर्वमा पर्ने गाविस हो। जिल्ला सदरमुकामबाट करिव १० कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ११.७४ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा दोलखा जिल्ला पश्चिममा लिसंखु अत्तरपुर उत्तरमा अत्तरपुर र दक्षिणमा काभ्रे जिल्ला रामेछाप जिल्ला पर्दछ। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। अधिकांश मानिसहरू कृषिमा निर्भर हुने यस गाविसको प्रमुख कृषिबाली धान गहुँ मकै र कोदो हो। पशुपालनमा पनि ठूलोधादिङ बासीहरू रुचि राख्दछन। तामाङ जातिको बाक्लो बसोबास भएको यस गाविसा तामाङ संस्कृतिमा निकै धनी छ। गाविसको अधिकांश क्षेत्रमा गुम्बा चैत्य पाइने र आकर्षक घरहरूले ठूलोधादिङमा पर्यटन व्यावसायको राम्रो सम्भावना देखिन्छ। विसं २०५८ सालको जनगणना अनुसार ठूलोधादिङमा ५०६ घरपरिवारमध्ये कुल जनसङ्ख्या २४५१ छ।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "ठूलो धादिङ", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |