धुस्कुन
Jump to navigation
Jump to search
धुस्कुन | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
धुस्कुन नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। धुस्कुन गाविस जिल्ला सदरमुकामबाट पूर्वमा पर्दछ। सदरमुकाबाट करिव ७ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १६.१२ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा चोकटी, पश्चिममा राम्चे, उत्तरमा बाह्रबिसे, कर्थली र दक्षिणमा पिस्कर गाविस पर्दछन। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा केही भागमा चिसो हावापानी पाइन्छ। यस गाविसका अधिकांश मानिसहरू कृषिमा निर्भर छन। गाविसको प्रमुख कृषिबालीमा धान मकै गहुँ तथा फापरहरू पर्दछन। धुस्कुन गाविसमा क्षेत्री तथा तामाङ जातिको बाक्लो बसोबास छ। निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसमा विसं २०५८ सालको जनगणना अनुसार कुल ७२८ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३७४३ थियो। [१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |