कदमबास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कदमबास
—  गाँउ विकास समिति  —
कदमबास is located in Nepal
कदमबास
कदमबास
नेपालको नक्सामा कदमबास
निर्देशाङ्क: २७°४३′उत्तर ८५°४६′पूर्व / २७.७२° उत्तर ८५.७६° पूर्व / 27.72; 85.76निर्देशाङ्क: २७°४३′उत्तर ८५°४६′पूर्व / २७.७२° उत्तर ८५.७६° पूर्व / 27.72; 85.76
देश  नेपाल
अञ्चल बागमती
जिल्ला सिन्धुपाल्चोक
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

कदमबास नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । पूर्वमा ब्रम्हयाणी नदी (बलेफी), उत्तरमा कुविण्डे र फु्ल्पिङडाँडा गाविस, दक्षिणमा सुनकोशी नदी पारिका यमुनाडाँडाकालिका गाविस तथा पश्चिममा साँगाचोकईर्खु गाविस रहेको यस गाविसको दक्षिणमा भागबाट अरनिको राजमार्ग गएको छ। भौगोलिक रूपमा उष्ण हावापानी हुने सुनकोशी नदी किनारदेखि ठण्डा हावापानी हुने देउरालीसम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडि छ। नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरू जीवनयापन गरिरहेका छन्। व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ।कदमबास गाविसमा क्षेत्री, जैसी, ब्राम्हण, नेवार तथा तामाङ समुदायको मिश्रित बसोबास छ। [१]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]