गोल्चे
Jump to navigation
Jump to search
गोल्चे | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु, बौद्ध |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
गोल्चे सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गोल्चे गाविस जिल्लाकै सबैभन्दा लामो गाविस हो। जिल्ला सदरमुकामबाट साँडे छ कोष टाढा पर्ने यस गाविसले १९०.२२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। गोल्चे गाविसको पूर्वमा गुम्बा पाङताङ बराम्ची पश्चिममा भोताङ थाम्पालकोट गुन्साकोट भोटेनाम्लाङ उत्तरमा तिब्बत र दक्षिणमा सेलाङ गाविस पर्दछ। फुल्पिङकोट थुम अन्तर्गत पर्ने यस गाविसमा वर्षभरी नै चिसो हावापानी पाइन्छ। गाविसको उत्तरी भेगबाट विभिन्न हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। गोल्चे गाविसमा प्राय तामाङ जातिको बस्ती छ। यस गाविसमा स्लेट ढुङ्गाको खानी भेटिएको छ। विसं २०५८ सालको जनगणना अनुसार गोल्चे गाविसमा ७०१ घरपरिवार छ तथा कुल जनसङ्ख्या ३८१४ छ। [१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |