कालिका, सिन्धुपाल्चोक
कालिका | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
कालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कालिका गाविस जिल्ला सदरमुकाम चौताराबाट ६ कोष टाढा पर्दछ। कालिका गाविस कुल १०.४७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसको पूर्वमा र दक्षिणमा ठोकर्पा पश्चिममा साँगाचोक र कदमबास र उत्तरमा यमुनाडाँडा, सुनखानी गाविसहरू पर्दछन।यस गाबिस लाई काठमाडौ सङ्ग जोड्ने काम सागाचोक गाबिसको सुकुटेमा सुनकोशी नदि माथी रहेको पुलले गरेको छ। यो पुल बि.स. २०७२ सालबाट सुचारु भएको हो। भौगोलिक रूपमा उष्ण हावापानी हुने सुनकोशी नदी किनारदेखि ठण्डा हावापानी हुने थामडाँडासम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडि छ। नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरू जीवनयापन गरिरहेका छन्। व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ। कालिका गाविसमा क्षेत्री ब्राम्हण तथा तामाङ समुदायको मिश्रित बसोबास छ। तौथली थुम अन्तर्गत पर्ने कालिका गाविसबाट जुगल हिमालको दृश्यावलोकन गर्न तथा मनोरम प्राकृतिक दृश्यका लागि उपयुक्त मानिन्छ।३ वटा प्राथमिक बिद्द्यालय ,१ वटा माध्यमिक विद्ध्यालय र १ वटा उच्च माध्यमिक बिद्ध्यालय रहेको यस गाबिस शैक्षिक हिसाबले सिन्धुपाल्चोक जिल्लाका अरु गाबिस भन्दा अगाडि रहेको छ।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |