मांखा
मांखा | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
मांखा नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। मांखा गाविस जिल्लाको मध्य भागमा पर्दछ। जिल्ला सदरमुकामबकाट ५ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १६.०९ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा टेकनपुर गाविस, पश्चिममा फुल्पिङकोट गाविस, उत्तरमा राम्चे गाविस, मानेश्वारा गाविस र दक्षिणमा पाङग्रेटार गाविस पर्दछ। लिस्ती थुम अन्तर्गत पर्ने यस गाविसमा तामाङ तथा क्षेत्रीहरूको बाहुल्यता छ। यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ। यस गाविसका मानिसहरू कृषि, व्यापार, नोकरी, तथा अन्य पेशामा सक्रिय छन्। प्राकृतिक सुन्दरताले धनी यस गाविस ग्रामीण पर्यटनका दृष्टिले उपयुक्त मानिन्छ। माङ्खा गाविस जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्दछ। वि.सं. २०५८ सालमा माङ्खाको साक्षरता दर ४८, घरपरिवारसंख्या ७३२ र जनसङ्ख्या ३६५८ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "मांखा - मेरोसिन्धु डट कम", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |