साँगाचोक
साँगाचोक | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
साँगाचोक नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। साँगाचोक गाविस जिल्लाको दक्षिणी भेगमा पर्दछ। जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ३३.६१ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा कालिका गाविस काभ्रे जिल्ला पश्चिममा ठूलो सिरुबारी उत्तरमा कदमबास गाविस इर्खु गाविस र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ। चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ। ब्राम्हणहरूको बाहुल्यता भएको यस गाविसका अधिकांश मानिसहरू व्यावसायीक खेती तथा व्यावसायीक पशुपालनमा व्यस्थ हुन्छन्। यस गाविसको प्रमुख कृषिबालीमा व्यावसायीक तरकारी धान गहुँ तथा मकै पर्दछ। अन्य गाविसहरूको तुलनामा यस गाविस विकासको दृष्टिले अगाडि देखिन्छ।शिक्षा स्वास्थ्य यातायात तथा अन्य भौतिक पूर्वाधार विकासमा यस गाविस अग्रस्थानमा छ। जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गाविसको विसं २०५८ सालको साक्षरता दर ५० घरपरिवार संख्या ७१९ र कुल जनसङ्ख्या ३८२५ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "साँगाचोक", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |