सामग्रीमा जानुहोस्

फुल्पिङकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फुल्पिङकोट
पूर्व गाविस
फुल्पिङकोट is located in बागमती प्रदेश
फुल्पिङकोट
नेपालको नक्सामा फुल्पिङकोटको अवस्थिति
फुल्पिङकोट is located in नेपाल
फुल्पिङकोट
फुल्पिङकोट (नेपाल)
निर्देशाङ्क: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E / 27.68; 85.90निर्देशाङ्कहरू: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E / 27.68; 85.90
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक जिल्ला
जनसङ्ख्या
 • जम्मा३,८१५
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

फुल्पिङकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८१५ रहेको थियो जसमध्ये १७७१ पुरुष र २०४४ महिला रहेका थिए भने यहाँ ९०४ घरधुरी रहेको थियो।[१][२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

सदरमुकाम चौताराबाट करिब ९ किमि पूर्व-उत्तरमा रहेको यो गाविस पश्चिम पानीढलॊ छ। यो गाविसले सिन्धुपाल्चोकको कुल क्षेत्रफलको १.७८ प्रतिशत र नेपालको कूल भूभागको ०.०३ प्रतिशत भूभाग ओगटेको छ। यो गाविस भौगोलिक दृष्टिकोणले पूर्वी देशानतर ८५ डिग्री ४५ मिनेटदेखि ८५ डिग्री ५१ मिनेटसम्म र उत्तरी अक्षांस २७ डिग्री ४६ मिनेटदेखि २७ डिग्री ४९ मिनेटको वीचमा रहेको छ। समुद्री सतह ७०० मिटर नौविसेदेखि करिब २५०० मिटर नागीचौरसम्म फैलिएको यो गाविसको अधिकतम तापक्रम ३७ डिग्रीसम्म र न्यूनतम तामक्रम ० डिग्रीसम्म रहेको पाइन्छ। लेकमा भारी वर्षा हुने भएपनि मध्यभाग र बेसीमा यहाँ मझौला वर्षा हुन्छ।

फुल्पिङ्कोटको नामाकरण सम्बन्धमा हालसम्म यकिन तथ्य फेला नपरेपनि विभिन्न किंबदन्ती रहेका छन्। फुल, पिङ र कोट तीनवटा शब्द मिलेर बर्तमान नाम बनेको छ। विक्रम संवत २०५२ सालमा कवि चन्द्रप्रसाद न्यौपानेले तयार पार्नुभएको फुलपिङकोट एक परिचय नामक पुस्तकमा यस गाविसको नामाकरण सम्वनधमा खोजी गरिएको छ। पुस्तकको पृष्ठ सातमा इतिहास खण्डमा लेखिए अनुसार फुल्पिङकोट नामाकरण रहनुमा एउटा ऐतिहासिक किंबदन्ती रहेको छ। लिम्बू किराँतीबाट जन्मिएको फुङ शब्दबाट यसको नाम पहिले फुङ्का रह्यो। फुङका फुकको अर्थ किराँती भाषामा बसोबास गर्ने गुफा वा ठाउँ हो। पछि फुङका फुकबाट फुल्पिङ् वनयो। यहाँ विक्रमको १४-१६०० ताका हातहतियार थन्क्याउने कोत वनाइएको थियो। फुल्पिङ्मा कोत घर वनाइएपछि त्यसलाई फुल्पिङ्कोत भन्न थालियो र कालन्तरमा शब्द अपभ्रंस भएर फुल्पिङकोट बन्न पुग्यो। वि.सं २०१७ साल अघि फुल्पिङकोट फुल्पिङ् मौजाभित्र रहेको थियो। यसरी हेर्दा ऐतिहासिक पक्ष र कोत जोडिएर नामाकरण भएको पाइन्छ। हाल पनि यहाँ कोत पूजा गर्ने चलन छ। २०३८ सालमा आएर फुल्पिङकोट जलविरेकोटबाट स्वतन्त्र भएको हो।[१]

  1. "फुल्पिङकोट", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति