थुम्पाखर
थुम्पाखर | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | ५०२० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
थुम्पाखर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थुम्पाखर गाविस जिल्ला सदरमुकामबाट ५ कोष टाढा दुरीमा अवस्थित छ। यस गाविसको कुल क्षेत्रफल १३.२७ वर्ग किलोमिटर छ। गाविसको पूर्व ठूलोपाखार पश्चिममा फुल्पिङडाँडा उत्तरमा पाङ्ग्रेटार र दक्षिणमा यमुनाडाँडा सुनखानी गाविसहरू पर्दछन्।तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण हावापानीका साथसाथै चिसो हावापानी पनि पाइन्छ। यस गाविसका मानिसहरू कृषि व्यापार व्यवसाय नोकरी तथा अन्य पेशामा व्यस्थ हुने गर्दछन। यस गाविसमा क्षेत्री तथा तामाङ जातिको बाक्लो बसोबास छ। यस गाविसमा यातायात साचार शिक्षा स्वास्थ्य व्यावसायीक कृषि जस्ता विकास निर्माणको राम्रो सुविधा छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसमा कुल ९३२ घरपरिवार मध्ये कुल जनसङ्ख्या ४५४६ थियो। [१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "थुम्पाखर", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |