स्याउलेबजार
स्याउलेबजार | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
स्याउलेबजार नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। स्याउले गाविस जिल्लाको मध्य भागमा अवस्थित छ। यस गाविस जिल्ला सदरमुकामबाट करिव २ कोष दुरी टाडा पर्दछ भने यस गाविको कुल क्षेत्रफल २२.९६ वर्ग किलोमिटर छ। स्याउलेको पूर्वी सिमानामा बतासे गाविस, पश्चिममा सिम्पालकाभ्रे गाविस, उत्तरमा सेलाङ गाविस र दक्षिणमा कुन्चोक तथा पिपलडाँडा गाविसहरू पर्दछन्। चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा औसत तथा चिसो हावापानी पाइन्छ। तामाङ तथा क्षेत्रहरूको बाक्लो बस्ती पाइने यस गाविसका अधिकांश मानिसहरू कृषि तथा घरेलु उद्यममा व्यस्थ हुन्छन्। यस गाविको प्रमुख कृषिबालीमा मकै, कोदो, धान आदि पर्दछन्। जिल्ला निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत पर्ने यस गाविसको वि.सं. १०५८ सालमा साक्षरता दर ४१, घरपरिवार संख्या ८३७ र कुल जनसङ्ख्या ४१७७ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "स्याउलेबजार", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |