मार्मिङ
मार्मिङ | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
मार्मिङ नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। मार्मिङ गाविस जिल्लाको उत्तर पूर्वी भागमा पर्दछ। जिल्ला सदरमुकामबकाट १२ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ४७.६३ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा दोलखा जिल्ला, पश्चिममा लिस्तीकोट गाविस, गाति गाविस, उत्तरमा फुल्पिङकट्टी गाविस र दक्षिणमा गाति गाविस, बाह्रबिसे गाविस तथा कर्थली गाविसहरू पर्दछन्। लिस्ती थुम अन्तर्गत पर्ने यस गाविस विश्वमा नै चर्चित गाविस हो। यस गाविसमा भोटेकोशी नदी माथिबाट बन्जी जम्म गर्न सकिन्छ। यस गाविसमा उर्जा उत्पादनका लागि चाकू जलविद्युत आयोजनाको निर्माण गरिएको छ। पत्रेढुङ्गाको खानीको अनुमान गरिएको यस गाविसमा तामाङ जातिको बाहुल्यता छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने यस गाविसमा वि.सं. २०५८ सालमा साक्षरता दर ३९, घरपरिवार संख्या ६७२ र जनसङ्ख्या ३३५९ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "मार्मिङ - मेरोसिन्धु डट कम", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |