महांकाल, सिन्धुपाल्चोक
(महांकाल बाट पठाईएको)
महांकाल, सिन्धुपाल्चोक | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
महांकाल, सिन्धुपाल्चोक नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। महांकाल गाविस जिल्लाको पश्चिमी इलाकामा पर्दछ। यस गाविस जिल्ला सदरमुकामबाट ११ कोष दुरी टाढा पर्ने यस गाविसको क्षेत्रफल २८.१७ वर्ग किलोमिटर छ। यस गाविको पूर्वमा पाल्चोक गाविस, पश्चिममा काठमाडौ जिल्ला, उत्तरमा इचोक गाविस, र दक्षिणमा तालामाराङ तथा थकनी गाविसहरू पर्दछन्। महांकाल गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ। यस गाविसमा तामाङ जातिहरूको बाहुल्यता छ। यहाँका मानिसहरू व्यावसायीक खेती तथा पशुपालनमा व्यस्थ हुने गर्दछन्। महांकाल गाविस जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ। वि.सं. २०५८ सालमा यस गाविसको साक्षरता दर ३६, घरपरिवार संख्या ९७४ र जनसङ्ख्या ५१९४ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "महांकाल-मेरोसिन्धु डट कम", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |