बतासे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बतासे
—  गाँउ विकास समिति  —
बतासे नेपाल-এ অবস্থিত
बतासे
बतासे
नेपालको नक्सामा बतासे
निर्देशाङ्क: २७°४९′उत्तर ८५°४४′पूर्व / २७.८१° उत्तर ८५.७४° पूर्व / 27.81; 85.74निर्देशाङ्क: २७°४९′उत्तर ८५°४४′पूर्व / २७.८१° उत्तर ८५.७४° पूर्व / 27.81; 85.74
देश  नेपाल
अञ्चल बागमती
जिल्ला सिन्धुपाल्चोक
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

बतासे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बतासे गाविस जिल्लाको मध्य इलाकामा पर्दछ। जिल्ला सदरमुकाबाट ३ कोष दुरी टाढा पर्ने यस गाविसके कुल क्षेत्रफल २१.८६ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा फुल्पिङकोट गाविस, जलबिरे गाविस, पश्चिममा स्याउले गाविस, पिँपलडाँडा गाविस, उत्तरमा सेलाङ गाविस र दक्षिणमा कुबिन्डे गाविस पर्दछ। फुल्पिङकोट थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। क्षेत्री तथा तामाङ जातिहरूको बाक्लो बस्ती भएको यस गाविसका मानिसहरू कृषिका साथ साथै अन्य पेशमा पनि संलग्न छन्। यस गाविसको प्रमुख कृषिबालीमा धान, मकै र कोदो पर्दछ। निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०६३ सालमा साक्षरता दर ४५ थियो। वि.सं. २०५८ सालको जनगणना अनुसार यस गाविसमा कुल ११३२ घर परिवार मध्ये कुल जनसङ्ख्या ५२९२ थियो। [१]


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "बतासे", मेरोसिन्धु डट कम, २०११-०८-०२, अन्तिम पहुँच २०११-०८-०२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]