लागर्चे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लागर्चे
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

लागर्चे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। लागर्चे गाविस जिल्लाको मध्य इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट करिव ८ कोष दुरी टाढा पर्ने यस गासिवको कुल क्षेत्रफल १६.७२ वर्ग किलोमिटर छ। लागर्चेको पूर्वी सिमानामा सिम्पालकाभ्रे गाविस पश्चिममा बाँसखर्क गाविस दुबाचौर गाविस उत्तरमा भोटेनाम्लाङ गाविस र दक्षिणमा ज्यामिरे गाविस पर्दछ। चिसो हावापानी पाइने यस गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ। यस गाविसमा क्षेत्री तथा तामाङ जातिहरूको बसोबास छ। गाविसका प्राय मानिसहरू खेती पशुपालन तथा घरेलु उद्यममा व्यस्थ हुन्छन् भने अन्य मानिसहरू नोकरी तथा व्यापारमा व्यस्थ हुन्छन्। लागर्चे गाविस जिल्ला निर्वाचन क्षेत्र ३ अन्तर्गत पर्दछ। वि।सं। २०५८ सालमा लागर्चेको साक्षरता दर ३४ घरपरिवार संख्या ५३६ र जनसङ्ख्या २६३४ थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "लागर्चे", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२ 

पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नं. ८ मा अवस्थित तत्कालिन लागर्चे गाउ बिकास समिति अन्तर्ग पर्दछ । राजधानी काठमाण्डौँ सँग जोडिएको सिन्धुपाल्चोक जिल्लाको उतर पश्चिम भेगामा पर्ने पाँचपोखरी थाङपाल गाँउ पालिकाको वडा न. ८ को मनोरम सुन्दर गाँउ हो लांगर्चे । भु–बनावटको आधारमा उच्च स्थान, भिरालो भु–बनोट रहेको छ । अध्ययन, इतिहास किबदन्तिका अनुसार लांगर्चेको नाम तामाङ भाषा बाट रहन गएको पाइन्छ । तामाङ्ग भाषा अनुसार लांगर्चे भन्ने शब्द लाङ्गंं+चेतबाट बनेका हो । “लाङ्ग”को नेपाली भाषामा अर्थ हुन्छ गोरु र “चेत”को नेपाली अर्थ हुन्छ खर्क हुने भएकोले लाङ्गचेताको अर्थ गोरु चराउने खर्क भन्ने वुझिन्छ । पछि सो लांगचेत अपभ्रश भइ लांगर्चे रहन भन्ने भनाइ छ । अर्को मत अनुसार तामाङ्ग भाषको लाच अर्थात ला देवता(भगवान) च भनेको भनेको चढाउने ठाउँ भन्ने हुन्छ त्यसैले भगवान बेत्राबती देवीलाई चढाएको ठाउँ भएकाले त्यसको नाम लांङचे पछि लांगर्चे रहन गयो भन्ने किम्बदन्ती पाइन्छ । घरधुरी सर्वेक्षण २०७४/२०७५ अनुसार लांगर्चेको जातिय हिसाबले क्षेत्री समूदायको बाहुल्यता रहेको पाइन्छ जसअनुसार क्षेत्री २९१ जना रहेका छन उनीहरु प्रायजसो पेशाको हिसावले कृषीमा निर्भर छन वडाको तल्लो खाल्डे खोलाको भू–भाग देखि माथिल्ले लप्से सम्म छरिएर रहेका छन । धर्मको हिसाबले हिन्दु मान्दछन र हिन्दु धर्मको संस्कारअनुसारको चाडपर्व रीतिरिवाज परम्परा मान्ने गर्दछन । जातीय हिसाबले दोश्रो स्थानमा तामाङ जाति पर्दछन जसको संख्या २२२ जना छन धर्मको हिसाबले सबै बौद्ध मान्दछन यसै अनुसार सबै संस्कार, रीतिरिवाज, कर्म गर्दछन तामाङ्ग जातिहरु लांगर्चेेको लप्से भेगमा बाहुल्यता रहि आएको छ ।

बाहुन जाति वडा नं. ८ मा जम्मा ६७ घरधुरी छन जसमध्ये केही मात्रामा पुरोहित काम पनि गर्दछन प्राय भने कृषिमा नै निर्भर छन । यहाँ जम्मा नेवार संख्या १ जनामात्र रहेको छन धर्म हिन्दु मान्ने र व्यापारको सिलसिलामा लांगर्चे आएर पाइन्छ । भूजेल जाति २८ परिवार छन पेशाको हिसावले कृषि र धर्मको हिसावले क्रिश्चियन र हिन्दु मान्दछन । गुरुङ जातिको जम्मा २८ जना सुनखानी भन्ने स्थानमा बस्दछन राडि पाखि र कृषिमा निर्भर भएका यी जाति हिन्दु र बौद्ध मान्दछन । माथिल्लो भेग ओखे्रनीमा शेर्पा जाति बसोवास गर्दछन्, जसमा ३९ परिवार बस्छन र कृषि, पशुपालन गर्ने गर्छन् । यहाँको मुख्य बस्तीहरुमा ओख्रेनी, ओडारे, घ्याङटोल, गुरुङ टोल, लप्से, कोटगाँउ, आँगे, पूराना गाँउ, लाँगर्चे, तिपेनी, खाल्डेखोला आदि रहेका छन् । यहाँको प्रमुख पर्यटकीय स्थलको रुपमा हल्लिने ढुङ्गा, बेत्रावती देवीको मन्दिर रहेको छ। पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको प्रसिद्ध प्रवेशद्वार यसै ठाउँमा पर्दछ बेत्रावती मन्दिर अतिनै महत्वपुर्ण धार्मिक महत्वको रुपमा रहेको छ । सत्य युगमा भगवान शिवले वेदको लौरोद्धारा पानी निकालेकोले वेत्रावती भएको किम्बदन्ती रहेको छ । प्राकृतिक छटाले भरिपुर्ण बेत्रावतिस्थित मनमोहक दृष्य र जंगलको बिच भागमा रहेको र यस मन्दिरको ईलाकामा रहेको ठुला ठुला रुखहरुको लगाव राज परिवार सँग समेत प्रत्यक्ष सम्बन्ध राखेको छ । 2058 सालमा भएको दरवार हत्याकाण्ड लगायत देशमा हुने ठुला ठुला घटनाहरुमा त्यहाँको रुख काठमाण्डौ तर्फ ढलेमा ठुला ठुला घटना घट्ने बिश्वास पाईन्छ र जुन आज सम्म मेल खाएको छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]