जेठल
जेठल | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
जेठल नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जेठल गाविस जिल्लाको पूर्वी भेगमा अवस्थित छ। सदरमुकामबाट ८ कोष टाढा पर्ने यस गाविसले १०.५८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। जेठल गाविसको पूर्वमा दोलखा जिल्ला पश्चिममा पेड्कु ठूलोपाखार उत्तरमा तौथली र दक्षिणमा अत्तरपुर गाविस पर्दछ। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। यस गाविसको अधिकांश मानिसहरू कृषिमा नै निर्भर छन। जेठलको प्रमुख कृषि बालीमा मकै आलु कोदो र फापर हो। यस गाविसमा तामाङ नेवार तथा क्षेत्री जातिको बाक्लो बसोबास छ। जेठल गाविसमा खरीढुङ्गा जस्तो महत्त्वपूर्ण खनिजको खानी छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसमा कुल ५७४ घर परिवार रहेको छ र कुल जनसङ्ख्या २८८२ छ।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |