दुबाचौर
दुबाचौर | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
दुबाचौर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो। दुबाचौर गाविस जिल्ला सदरमुकामबाट पश्चिममा पर्दछ। सदरमुकामबाट ९ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २०.२६ वर्ग किलोमिटर छ। दुबाचौरको पूर्वमा ज्यामिरे, पश्चिममा पाल्चोक, उत्तरमा बाँसखर्क र दक्षिणमा मेलम्ची, तालामाराङ गाविसहरू पर्दछन। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा तामाङ जाति तथा जोगी समुदायहरूको बाक्लो बसोबास छ। गाविसमा उष्ण तथा औसत हावापानी पाइने हुँदा यस गाविसमा व्यावसायीक कृषि उत्पादन गरिन्छ। धान, गहुँ, मकै, तोरी जस्ता कृषिबाली यहाँको व्यावसायीक उत्पादन हो। [१]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसमा विसं २०५८ सालको जनगणना अनुसार कुल १२६१ घरपरिवार मध्ये कुल जनसङ्ख्या ६०४४ थियो। [१][२] यस मध्य पुरुष ५०%, र महिला ५०% छन।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |