पाल्चोक
पाल्चोक | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
पाल्चोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पाल्चोक गाविस जिल्ला सदरमुकामबाट पश्चिममा पर्दछ। जिल्ला सदरमुकामबाट १० कोष दुरी टाढा पर्ने यस गाविसले ९.७२ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसको पूर्वमा दुबाचौर, पश्चिममा महांकाल, उत्तरमा किउल तथा दक्षिणमा तालामाराङ गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। गाविसमा व्यावसायीक रूपमा धान गुहुँ मकै उत्पादन हुने गर्दछ। तामाङ जाति तथा जोगी समुदायहरूको बाक्लो बस्ती भएको यस गाविसका अधिकांश मासिनहरू कृषिमा व्यस्थ हुन्छन्। प्रसिद्ध धार्मिकस्थल पाल्चोक भगवतीले यस गाविसको इतिहास बोकेको छ। पाल्चोक गाविसलाई दृश्यावलोकनका लागि उपयुक्त गाविस मानिन्छ। वि.सं. २०५८ सालको जनगणना अनुसार यस गाविसमा ४६५ घरपरिवार मध्ये कुल जनसङ्ख्या २२७० थियो। [१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |