शिखरपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिखरपुर
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

शिखरपुर नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। शिखरपुर गाविस जिल्लाको दक्षिण पश्चिम भेगमा अवस्थित छ। जिल्ला सदरमुकामबाट ६ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ९.१२ वर्ग किलोमिटर छ। गाविसको पूर्वी सिमानामा बाडेगाउ गाविस नवलपुर गाविस पश्चिममा मेलम्ची गाविस उत्तरमा नवलपुर गाविस ज्यामिरे गाविस र दक्षिणमा बाँसगबारी गाविस तथा बाडेगाउ गाविसहरू पर्दछन।नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। धेरै खेती योग्य जमीन भएकाले यस गाविसका अधिकांश मानिसहरू व्यावसायी कृषिमा संलग्न छन्।। यहाँको प्रमुख कृषि बालीमा धान गहुँ तरकारी आदि पर्दछ। शिखरपुर गाविसमा क्षेत्री तथा ब्राम्हणहरूको बाक्लो बस्ती छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसको वि।सं। २०५८ सालमा साक्षरता दर ५० घरपरिवार संख्या ४९० र जनसङ्ख्या २५६० थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "शिखरपुर", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]