सानोसिरुबारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सानोसिरुबारी
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सानोसिरुबारी नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सानो सिरुबारी जिल्लाको मध्यभागमा अवस्थित छ। जिल्ला सदरमुकामबाट जम्मा एक कोष दुरीमा पर्ने यस गाविसको कुल क्षेत्रफल १०.९९ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा इर्खु गाविस पश्चिममा कुन्चोक गाविस उत्तरमा चौतारा गाविस पिपलडाँडा गाविस र दक्षिणमा ठूलो सिरुबारी तथा भोटसिपा गाविसहरू पर्दछन्। चौतार थुम अन्तर्गत पर्ने यसमा औसत हावापानी पाइन्छ। गाविसको प्राय मानिसहरू व्यावसायीक कृषि नोकरी तथा अन्य पेशामा संलग्न छन्। यस गाविसको प्रमुख कृषिबालीमा व्यावसायीक तरकारी धान गहुँ मकै आदि पर्दछ। यस गाविसमा पशुपालन पनि व्यावसायीक रूपमा गरिन्छ। सानुसिरुबारीमा सन्यासी तथा क्षेत्रहरको बाहुल्यता छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गविसको वि।सं। २०५८ सालमा साक्षरता दर ४७ घरपरिवार संख्या १८७१ र जनसङ्ख्या ९७८६ थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "सानोसिरुबारी", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]