चौतारा साँगाचोकगढी नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चौतारा
—  नगरपालिका/सदरमुकाम  —
चौतारा is located in Nepal
चौतारा
चौतारा
नेपालको नक्सामा चौतारा
निर्देशाङ्क: २७°२८′उत्तर ८५°२५′पूर्व / २७.४६° उत्तर ८५.४२° पूर्व / 27.46; 85.42निर्देशाङ्क: २७°२८′उत्तर ८५°२५′पूर्व / २७.४६° उत्तर ८५.४२° पूर्व / 27.46; 85.42
देश  नेपाल
अञ्चल बागमती
जिल्ला सिन्धुपाल्चोक
क्षेत्रफल
 - जम्मा ४१ किमी (१५.८ वर्ग मी)
जनसङ्ख्या
 - जम्मा १५,६०६
 जनघनत्व ३८०.६/किमी (९८५.८/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
वेबसाइट chautaramun.gov.np

चौतारा नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लाको नगरपालिका तथा सदरमुकाम हो। यो नगरपालिकाको कुल क्षेत्रफल ४१ वर्ग किलोमिटर छ।

परिचय[सम्पादन गर्ने]

चौतारा नगरपालिकामा नेवार, गुरुङ तथा अन्य मिश्रित जातिहरूको बसॊबास छ। नगरपालिकाका अधिकांश मानिसहरू कृषि उत्पानद, नोकरी, व्यापार तथा अन्य पेशामा व्यस्त हुन्छन्। यस नगरपालिका अन्य नगरपालिकाको तुलनामा धेरै विकसित नगरपालिका हो। चौतारा नगरपालिकाले यातायात, सञ्चार, विद्युत, खानेपानी, सुरक्षा र प्रविधिमा निकै फड्को मारिसकेको छ।

चौतारा नगरपालिका जिल्ला सदरमुकाम पनि हो। यस नगरपालिकाको कुल क्षेत्रफल ४१ वर्ग किलोमिटर छ। चौतारा नगरपालिका जिल्लाभरको प्रशासनको केन्द्र हो। नगरपालिकामा नेवार गुरुङ तथा अन्य मिश्रित जातिहरूको बसॊबास छ। चौतारा नगरपालिकामा जनघनत्व बढी छ। नगरपालिकाका अधिकांश मानिसहरू कृषि उत्पानदमा नोकरीमा व्यापारमा तथा अन्या पेशामा व्यस्त हुन्छन्। वि.सं. २०५८ सालको जनगणनामा चौतारामा १११४ घरपरिवार तथा कुल जनसंख्या ५०८९ थियो जुन जिल्लामा नै सबैघन्दा बढी जनघनत्व भएको ठाउँ थियो।[१]

नगरपालिका घोषणा[सम्पादन गर्ने]

चौतारा नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा चौतारा, कुविण्डे, सानोसिरुवारीपिपलडाँडा गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा चौतारा पनि नगरपालिका बनेको हो।

जनसंख्या[सम्पादन गर्ने]

चौतारा, कुविण्डे, सानोसिरुवारीपिपलडाँडा यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर चौतारा नगरपालिका बनाइएको हो।[२] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसंख्यालाई जोडेर चौतारा नगरपालिकाको जनसङ्ख्या १५,६०६ रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]