इर्खु
इर्खु | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
इर्खु नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। इर्खु गाविस जिल्ला सदरमुकामबाट निकै नजीकै पर्ने गाविस हो। सदरमुकाम चौताराबाट करिव १.५ कोष टाढा पर्ने यस गाविसको जम्मा क्षेत्रफल १२.२३ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा कदमबास र फुल्पिङकोट पश्चिममाचौतारा र सिरुवारी उत्तरमा कुभिण्डे र दक्षिणमा साँगाचोक र ठूलोसिरुवारी गाविसहरू पर्दछन्। क्षेत्रफलको आधारमा सानो इर्खु गाविस चौतारा थुम अन्तर्गत पर्दछ। यस गाविसमा नेवार, तामाङ, क्षेत्री, बाहुन आदिको मिश्रित बसोबास छ। यहाँका धेरैजनताहरू खेतीकिसानीमा व्यस्त हुन्छन् तथा थोरै जनताहरू अन्य पेशा तथा व्यापारमा पनि संलग्न छन्। विसं २०५८ सालको जनगणनामा इर्खुको कुल जनसङ्ख्या ३३१० र कुल घरपरिवार संख्या ५९७ थियो। इर्खु जिल्लाकै औसत विकसित गाविस हो। यस गाविसमा यातायात विद्युत खानेपानी विद्यालय तथा स्वास्थ्य संस्थाको राम्रो पूर्वाधार रहेको छ।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |