भोटाङ्ग
Jump to navigation
Jump to search
भोताङ्ग | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
भोटाङ्ग नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। भोटाङ्ग गाविस जिल्लाको मध्य भागमा पर्दछ। यस गाविस जिल्ला सदरमुकामबाट ६ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल २१.१३ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा गोल्चे गाविस, सेलाङ गाविस, पश्चिममा बाँसखर्क गाविस, उत्तरमा गुन्साकोट, थाम्पालधाम र दक्षिणमा सिम्पालकाभ्रे तथा लागर्चे गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा औसत तथा चिसो हावापानी पाइन्छ। यस गाविसमा तामाङ जातिको बाहुल्यता छ। भोटेनाम्लाङ गाविसका मानिसहरू घरेलु उद्यम, कृषि तथा अन्य नोकरीमा व्यस्थ हुन्छन्। जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर ३३, घरपरिवार संख्या ६८६ र जनसङ्ख्या ३४११ थियो। [१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ मेरोसिन्धु डट कम
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |