सिम्पालकाभ्रे
सिम्पालकाभ्रे | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
सिम्पालकाभ्रे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सिम्पालकाभ्रे गाविस जिल्लाको मध्य भागमा पर्दछ। यस गाविस जिल्ला सदरमुकामबाट ३ कोष दुरी टाढा छ भने यस गाविको कुल क्षेत्रफल १८.२५ वर्ग किलोमिटर छ। सिम्पालकाभ्रेको पूर्वमा स्याउले गाविस पश्चिममा नवलपुर गाविस ज्यामिरे गाविस तथा लागर्चे गाविस उत्तरमा भोटेनाम्लाङ गाविस सेलाङ गाविस र दक्षिणमा नवलपुर तथा कुन्चोक गाविसहरू पर्दछन्। नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। तामाङ तथा मगर जातिको बाहुल्यता भएको यस गाविसका अधिकांश मानिसहरू कृषिमा व्यस्थ हुन्छन्। गाविसको प्रमुख कृषिबालीमा धान गहुँ तथा मकै पर्दछ्। जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गाविसको वि।सं। २०५८ सालमा साक्षरता दर ३६ घरपरिवार सङ्ख्या ५९३ र कुल जनसङ्ख्या २८९६ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "सिम्पालकाभ्रे", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |