सेलाङ्ग
सेलाङ्ग | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
सेलाङ्ग नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सेलाङ गाविस जिल्लको मध्य भागमा अवस्थित छ। जिल्ला सदरमुकामबाट करिव चार कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २३.०४ वर्ग किलोमिटर छ। सेलाङको पूर्वमा बराम्ची तथा जलबिरे गाविस पश्चिममा भोटेनाम्लाङ तथा सिम्पालकाभ्रे गाविस उत्तरमा गोल्चे गाविस र दक्षिणमा स्याउले तथा बतासे गाविसहरू पर्दछन्। फुल्पिङकोट थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। यस गाविमा क्षेत्री तथा तामाङ जातिको बाहुल्यता छ। कृषिका साथसाथै अन्य पेशामा पनि यस गाविसका मानिसहरू सकि्रय रूपमा लागेका छन्। यस गाविसमा पत्रे ढुङ्गाको खानी भेटिएको छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर ३१ घरपरिवारसंख्या ५०० र जनसङ्ख्या २७७९ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |