अर्घाखाँची जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्घाखाँची जिल्ला

अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पौवा(बल्कोट) अर्घाकोट(अर्घा),पाली पन्थीटोलको लाकुरीरूख मा अबस्थित "देविस्थान मन्दिर लाकुरीकोरूख" यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।

जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]

अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।

जिल्लाको संक्षिप्त इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो।

जिल्लाको राजनीतिक विभाजन[सम्पादन गर्नुहोस्]

‍‌नगरपालिका‍‌(३)

सन्धिखर्क नगरपालिका

शीतगंगा नगरपालिका

भूमिकास्थान नगरपालिका

‍‌गाउँपालिका‍‌(३)

छत्रदेव गाउँपालिका

पाणिनी गाउँपालिका

मालारानी गाउँपालिका

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

  • अक्षांश: २७ डिग्रि ५५ मिनेट देखि डिग्रि मिनेट उत्तर
  • देशान्तर: ८३ डिग्री ४ मिनट ६० सेकेन्ड देखि डिग्री मिनट सेकेन्ड पूर्व
  • सिमाना: पूर्व- पाल्पा, पश्चिम-प्युठानदाङ, उत्तर-गुल्मी र दक्षिण- कपिलवस्तुरूपन्देही
  • क्षेत्रफल: १,१९३ वर्ग किलोमिटर
  • सबभन्दा होचोस्थान: ५४४ मिटर
  • सबभन्दा अग्लोस्थान: ४,१६८ मिटर

इतिहास[सम्पादन गर्नुहोस्]

अर्घाखाँची पहिला अर्घा र खाँची दुई राज्यमा विभाजित थियो |


बिश्वको प्राचीन भासा सस्कृतको भाषाको व्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनी तपोभूमि ओझेलमा परेको छ।

हजारौ वर्षपहिले पाकीस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखाँचीको खिदममा आएका पाणिनी ऋषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए। पाणिनी तपोभूमि क्षेत्र बिश्व भाषा सम्पदाको प्रमुख स्थल हो।

यसै क्षेत्रमा आएर पाणिनी ऋषीले तपस्या गरे पछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउदै अईउ,रिलृ,एओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ।

यस क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके बिश्वकै एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ।

यस क्षेत्रको प्रचार प्रसारको लागि बिश्व भषा सँग सम्बन्धित सबै लाग्नु पर्ने पाणिनी तपोभूमिका प्रचार प्रसार समितिका सचिव हुमाकान्त गौतम बताउनु हुन्छ।बिश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भएपनि यो क्षेत्र ब्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेको छ।

अर्घाखाँचीको पुर्वमा रहेको पणेना गाविसमा रहेको यो तपोभूमि पर्दछ। यस तपोभूमिवाट उत्तर र्फकदा हिमालयका हिम शृङ्खला,दक्षिण फर्कदा तर्राईका फाटहरू अनि भारतीय भूमि देख्न पाईन्छ।

अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिडेपछि यस क्षेत्रमा पुग्न् सकिन्छ। यस क्षेत्रको प्रचार प्रसार गर्न सके धार्मिक एैतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाईृ फाइृदा हुन सक्छ। यो क्षेत्र पाणिनी ऋषीले तपस्या गरेको र व्याकरण उत्पति भएको भन्ने धेरै प्रमाण भेटिएको स्थानीय बासीन्दाहरू बताउन्छन्।

यस क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके अर्घाखाँची लगायत नेपालका सम्पूर्ण जनतालाई फाइदा पुग्ने र कुनै सङ्घ संस्थावाट सहयोग पाए आफुहरू तीब्र भएर लाग्ने स्थानीय नारायण पोख्रेलले बताउनु भयो। हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ। यहाका मन्दिर ,पौवा जिर्ण हुने अबस्थामा रहेका छन्।

यस क्षेत्रको मठ मन्दिर पौवा लगायतका स्थानको सरक्षण गर्न आबस्यक छ। त्यहाँको प्रचार प्रसार गर्न विभिन्न सङ्घ सस्था, राजनितिक दल अथवा स्वयं हामि नेपाली ब्यापक रूपमा लागेमा पाणिनी तपोभूमिलाई नेपालको पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्थयो कि?

मालारानी मन्दिर[सम्पादन गर्नुहोस्]

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका, खनदह 4 स्थित घेरामा मालारानी मन्दिर पर्दछ ।अर्घाखाँची जिल्लाको प्रशिद्द यो मन्दिर मा आम जनताकोविश्वास रहेको छ ,मन्दिर मा हरेक दशै शिवरात्री मा भब्य मेला लाग्छ ।मन्दिरमाहरेक आइतबार पुजारी को उपस्तिथि मा पुजा हुने गर्दछ ।

सुपा देउराली[सम्पादन गर्नुहोस्]

सुपा देउराली[सम्पादन गर्नुहोस्]

सुपा देउराली मन्दिर

उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित यो देवी मन्दिर नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।

दैनिक गोरुसिङ्गे पत्थरकोट गर्ने पचासौँ सवारी साधनका यात्रुहरू सुपा देउरालीमा दान, भेटी चढाएर यात्रा गन्तव्य गर्नु नैसर्गिक धर्म ठान्दछन्। परापूर्वकालदेखि बटुवा, लाहुरे विद्यार्थीको चाहना पूरा गर्दै आएकी यी देवीको व्यवस्थित मन्दिर २०४२ सालमा मात्र निर्माण भएको थियो। मन्दिरमा खस्ने धारोको पानी चढाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवी शक्ति रहेको मानिन्छ। मन्दिर प्राङ्गणका विश्रामस्थल देवी देउरालीका भगिनी शृङ्गार रहेका छन्। पक्की बाटोको दुर्लभ निम्सरो डिलमा अवस्थित मन्दिर प्राङ्गणमा पहिलो पदार्पण गर्ने जुनसुकै यात्रु मन्दिरको दुर्लभ चुनौती देखेर सहजरूपमा आश्चर्य प्रकट गर्छन्।

हप्ताको प्रत्येक शनिबार भाकल गरिएका बलि चढ्ने सुपा देउराली मन्दिर एकादशी, औंसी र पूणिर्माबाहेक अरू सबै समयमा पनि भाकल चढाउन खुला रहन्छ। त्यही भाकल, भेटी सङ्कल्पलाई आयस्रोतको आधार मानिन्छ मन्दिरको लागि। मन्दिरकै आयस्रोतको आधारमा नित्य साँझ-बिहान पाठ-पूजा गर्न ब्राहृमणको व्यवस्थासमेत गरिएको सुपा देउराली मन्दिर एक मात्र जिल्लाको सदावहार मन्दिर हो। पिउने पानी, यात्रु आश्रयको लागि विश्रामको व्यवस्था भएको सुपा देउराली मन्दिर अर्घाखाँचीको सम्पदा धरोहर धार्मिक शृङ्गार हो। चाहनाअनुसार प्रत्येक यात्रुहरूको इच्छाशक्ति पूरा गराइदिने दैवी शक्तिको केन्द्र पनि हो सुपाको देवी देउराली मन्दिर।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]