सामग्रीमा जानुहोस्

अर्घाखाँची जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्घाखाँची जिल्ला
अर्घाखाँची जिल्लामा रहेको उपत्यका
अर्घाखाँची जिल्लामा रहेको उपत्यका
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामसन्धिखर्क
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, अर्घाखाँची
क्षेत्रफल
 • जम्मा११९९ किमी (४६३ वर्ग माइल)
 • क्रम०७७
जनसङ्ख्या
 • जम्मा१७७२००
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

अर्घाखाँची नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि,दुर्वाशेश्वर गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर, सुपा देउराली, सिद्धेश्वर शिवालय, छत्र महाराज मन्दिर, नर्तनाचल पर्वत, परशुरामेश्वर, ऐतिहासिक पौवा अर्घाकोट, पाली पन्थीटोलको लाकुरीरूखमा अबस्थित "देविस्थान मन्दिर लाकुरीकोरूख" यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ। अर्घाखाँचीमा जम्मा ६ वटा स्थानीय तह छन्; - सन्धिखर्क नगरपालिका - शितगंगा नगरपालिका - भूमिकास्थान नगरपालिका - छत्रदेव गाउँपालिका - पाणिनी गाउँपालिका - मालारानी गाउँपालिका

अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।

नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिकाहरू गरि ६ वटा स्थानीय तहहरू रहेका छन्।[]

अर्घाखाँची जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
सन्धिखर्क नगरपालिका सन्धिखर्क, नरपानी, खाँचिकोट, किमडाँडा, अर्घा, डिभर्ना, वाङ्लापाली (९) १२ सन्धिखर्क ४२,४९२ १२९.४२ ३३०
शीतगङ्गा नगरपालिका ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुरसुवर्णखाल १४ ठाडा ३७,६९१ ६१०.४३ ६२
भूमिकास्थान नगरपालिका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङढिकुरा १० नुवाकोट २८,१९२ १५९.१३ १८०
छत्रदेव गाउँपालिका छत्रगञ्ज, भगवती, बलकोट, केरुङ्गा, ठुलापोखरा, अर्घातोष (२-५), मरेङ (७-९) र चिदीका (१-८) छत्रगञ्ज २१,६११ ८७.६२ २५०
पाणिनी गाउँपालिका चिदीका (९), पाली (१-८), पणेना, खिदिम, पोखराथोक, पटौटी, मैदान, धातिवाङअडगुरी खिदिम २२,२१९ १५१.४२ १५०
मालारानी गाउँपालिका खन, खनदह, बाँगी, हंसपुर, गोखुङ्गा, अर्घातोष (१,६,७,८,९) र मरेङ (१-६) खनदह २४,१५० १०१.०६ २४०
अर्घाखाँची जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२