पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिका अर्घाखाँची जिल्लामा पर्ने एउटा पहाडी गाउँपालिका हो । यसको केन्द्र साविकको खिदीम गाविसको कार्यालय हो । [१][२] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा अर्घाखाँची जिल्लामा साविकका चिदीकाको वडा नं. ९, पालीको (१-८) वडाहरू, पणेना, खिदीम, पोखराथोक, पटौटी, मैदान, धातिवाङ र अडगुरी गाउँ विकास समितिहरूलाई समेटेर पाणिनी गाउँपालिका घोषणा गरिएको हो ।[३][४] पाणिनी गाउँपालिकको कूल जनसङ्ख्या २६,४२४ रहेको छ भने यसको क्षेत्रफल १५१.४२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ ।[५] पाणिनि तपोभूमि (पणेना), साततले गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर,पालीको पन्थीटोलमा रहेको देविस्थान मन्दिर आदि यहाँका प्रमुख पर्यटकिय स्थलहरू हुन । यहाँ हरिहर माबी कमला माबी कृष्ण माबी र शिवमदन माबी लगायतका शिक्षालय छन ।पाणिनी गाउँपालिकाको पूर्वमा गुल्मी र पाल्पा जिल्ला, उत्तरमा छत्रदेव गाउँपालिका, पश्चिममा सन्धिखर्क र शीतगंगा नगरपालिका र दक्षिणमा शीतगंगा नगरपालिका र पाल्पा जिल्लासँग जोडिएको छ ।[६]
नामाकरण[सम्पादन गर्नुहोस्]
पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्रि हुन् । उनको जन्म लगभग ५०० ईशा पूर्व वर्तमान भारतको गान्धारमा भएको थियो । उनले व्याकरण शास्त्रको रचना गरेका थिए जसलाई चार भागमा लेखिएको छ । पाणिनिद्वारा पहिलो माहेश्वर १४ सूत्रहरूको रचना भएको थियो । जसलाई महेश्वर (शिव)ले वरदान स्वरुप प्रदान गरेका थिए भनिन्छ । त्यसैले पहिलो रचनालाई माहेश्वरसूत्र भनिन्छ । दोस्रो अष्टाध्यायी जसमा आठ अध्याय र लगभग चार हजार सूत्र छन् । पाणिनि ॠषि को नामबाट पाणिनी गाउँपालिकाको नामाकरण गरिएको हो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।