पाणिनि
स्वरूप
महर्षिः पाणिनिः | |
|---|---|
पाणिनि | |
| जन्म | इशापूर्व ७ सय शालातुरग्रामः (हालको लाहौर शहर नजीकतिर) |
| मृत्यु | त्रयोदशी तिथि |
| पेशा | वैयाकरणः, कविः |
| शिक्षा | तक्षशिलाविश्वविद्यालयः, तक्षशिला |
| विधा | संस्कृतव्याकरण रचयिता |
| विषय | अष्टाध्यायी, धातुपाठः, गणपाठः, उणादिकोषः, लिङ्गानुशासन, जाम्बवतीजयम् । |
| उल्लेखनीय कार्यहरू | अष्टाध्यायी |
| सहकर्मी | दाक्षी (आमा), पणिनः (शालङ्किः) (पिता) |
पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्री हुन् । उनको जन्म लगभग ५०० ईशा पूर्व उतिवेलाको गान्धारको राजधानी जो वर्तमान रावलपीण्डी आसपासमा भएको विश्वास गरिन्छ । उनले व्याकरण शास्त्रको रचना गरेका थिए जसलाई चार भागमा लेखिएको छ । पाणिनिद्वारा पहिलो माहेश्वर १४ सूत्रहरूको रचना भएको थियो । जसलाई महेश्वर (शिव)ले वरदान स्वरुप प्रदान गरेका थिए भनिन्छ । त्यसैले पहिलो रचनालाई माहेश्वरसूत्र भनिन्छ । दोस्रो अष्टाध्यायी जसमा आठ अध्याय र लगभग चार हजार सूत्र छन् ।
संस्कृत व्याकरणलाई विश्वकै सबैभन्दा सरल र सजिलो भाषाको रूपमा लिइन्छ। पाणिनिलाई संस्कृत व्याकरण भाषाका पिताको रूपमा लियिन्छ। संस्कृत भाषालाई सबैमाझ पुर्याउन, यस भाषालाई फैलाउन उल्लेख्य देन गर्नुभयको ईतिहास छ।