रावलपिन्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रावलपिण्डी

راولپِنڈی
पिंडी
پِنڈی
नगरपालिका
Rawalpindi railway station 4.JPG
Perspective view from main gate - Christ Church, Rawalpindi.jpg
Rohtas Fort 8.jpg
बायाँबाट घडिको दिशातर्फ: रावलपिण्डी रेलवे स्टेसन, सेन्ट जोसेफ गिर्जाघर, रोहतास किल्ला.
देशFlag of Pakistan.svg पाकिस्तान
प्रान्तपञ्जाब, पाकिस्तान पञ्जाव
क्षेत्ररावलपिण्डी क्षेत्र
सहरहरूको सङ्ख्या
सङ्घीय परिसर३८
सरकार
 • प्रकारनगरपालिका निगम
 • मेयरसरदार नसिम
 • उप-मेयरचधरी तरिक महमुद
क्षेत्रफल
 • जम्मा२५९ किमी (१०० वर्ग माइल)
उन्नतांश
५०८ मिटर (१,६६७ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा२,०९८,२३१[१]
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+६ (पाकिस्तानी समय)
क्षेत्रीय सङ्केत(हरू)०५१
वेबसाइटwww.rawalpindi.gov.pk

रावलपिण्डी (पञ्जाबी, उर्दू: راولپِنڈى (पिण्डी पनि भनिन्छ ) पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको एक प्रमुख सहर हो। रावलपिण्डी राजधानी इस्लामाबादको नजिकको सहर हो र रावलपिण्डी र इस्लामाबाद अर्थिक र सामाजिक रूपमा जोडिएको हुँदा दुई सहरलाई जुम्लिया सहर पनि भन्ने गरिन्छ। [२] रावलपिंडी जनसङ्ख्याको आधारमा चौँथो ठूलो शहर हो भने इस्लामाबाद रावलपिंडी महानगरीय क्षेत्र भने पाकिस्तानको तेस्रो ठूलो क्षेत्र हो ।

रावलपिण्डी पाठाहर क्षेत्रमा पर्छ प्रचिन बौद्धको मुर्ति र अवशेषको लागि प्रख्यात छ। सन् १९५३ मा गक्खर शासकहरूले सहरमा कब्जा गर्नु भन्दा पहिलो महमूद गाजनवीले रावलपिण्डीमा हमला गरेका थिए र सहरलाई पूर्णरूपमा क्षतिग्रस्त बनाएका थियो। सन् १७६५ मा गक्खर शासकहरूलाई पराजित गर्दै सहर सिख शासन अन्तर्गत आएको थियो र अन्ततः लाहौर मा आधारित सिख साम्राज्य भित्र यो सहर एक प्रमुख सहर बन्न पुगेको थियो। सन् १८४९ मा यो सहर ब्रिटिस्ट राजको कब्जामा आएपछि यो सहर ब्रिटिस्ट भारतीय सैनिकहरूको लागि एक प्रमुख स्थल बनेको थियो। सन् १९४७ मा ब्रिटिस्ट साम्राज्यको विघटन पश्चात् यस सहरलाई पाकिस्तानी सैनिकहरूको लागि एक प्रमुख सदरमुकामको रूपमा स्थापित गरिएको थियो। [३]

उत्पत्ति[सम्पादन गर्नुहोस्]

शब्द रावलपिण्डी दुई शव्दको जोडबाट बनेको छ रावल र पिण्ड । पञ्जाबी भाषा अनुसार रावलको अर्थ ताल हुन्छ भने पिण्ड भनेको सहर भन्ने बुझिन्छ जसकारण दुई शब्दको जोड गर्दा रावलपिण्डी भनेको तालको सहर भन्ने बुभिन्छ। विभिन्न मानिसहरू यस सहरको नाम संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विश्वास गर्छन्।

मौसम[सम्पादन गर्नुहोस्]

रावलपिण्डीमा नम उपोष्णकटिबन्धी मैसम रहेको जसमा ग्रिष्म ऋतुमा गर्मी र हिँउद र वर्षामा ओसिलो हुने गर्छ। यो सहरमा वार्षिक औषत १,२०० मिलिमिटर पानी पर्ने गरेको छ जुन ग्रिष्म ऋतुमा पर्ने गरेको छ भने कहिलेकाहीँ जलवायुमा गडबडी र वायु प्रदुषणले गर्दा हिउँदमा पनि पानी पर्ने गरेको छ। सन् १९५४ यो सहरमा अहिलेसम्म कै अधिक तापक्रम मापन गरिएको थियो जुन ४८.४ डिग्री (११९ डिग्री फरेनहाइट) थियो। सन् १९६६ को जनवरी महिनामा यस सहरको तापक्रम -३.९ डिग्री (२५ डिग्री फरेनहाइट) मा झरेको थियो जुन अहिले सम्म मापन गरिएको भन्दा न्यून तापक्रम हो। सहरमा ग्रिष्म ऋतुको बेलामा तेजसँग हावा चल्ने गरेको छ जसले कहिलेकाँहि जनधनमा क्षति पनि पुर्‍याउँदै आएको छ।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् २०१७ को राष्ट्रिय जनगणनाका अनुसार रावलपिण्डीको कुल जनसङ्ख्या २,०९८,२३१ रहेको छ भने कुल जनसङ्ख्यामा ८४% पञ्जाबी रहेका छन् भने ९% पाश्तो जनसमुदाय रहेका छन् र ७% अन्य जातजातिहरू रहेका छन्।

धर्म[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "छौँटौ राष्ट्रिय जनगणनाको अन्तिम नतिजा २०१७", पिबिएस डट जिओभि डट पिक, अन्तिम पहुँच २४ नोभेम्बर २०१७ 
  2. "पाकिस्तानको जनसङ्ख्या र जनसङ्ख्या वृद्धि", पाकिस्तान। 
  3. "रावलपिण्डी: सहरको इतिहास", अन्तिम पहुँच २०१६-०६-१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]