चमन
चमन
چمن | |
---|---|
देश | पाकिस्तान |
प्रदेश | बलुचिस्तान |
जिल्ला | किला अब्दुल्लाहा जिल्ला |
उन्नतांश | १३३८ मिटर (४३९० फिट) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | ४४०,३१४ |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सङ्घिय परिसर | १३ |
चमन (उर्दु: چمن) पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको किला अब्दुलाहा जिल्लाको सदरमुकाम सहर हो । यो सहर पाकिस्तान र अफगानिस्तानको सिमानाको दक्षिण तर्फ अवस्थित छ र अफगानिस्तानको काँधर प्रदेशको छिमेकी सहर हो । बलुचिस्तान प्रदेशको क्वेटा पछि यो सहर सबैभन्दा दोस्रो ठूलो सहरको रूपमा रहेको छ ।
यातायात
[सम्पादन गर्नुहोस्]चमन सहरमा रेलको सुविधा छ जसले काँधर प्रदेशका साथसाथै अफगानिस्तानमा पनि सेवा पुराँउदै आएको छ । चमनदेखि क्वेटा सम्म दैनिक एक घरेलु रेल चल्ने गरेको छ । सन् २००८ यो रेलवे लाई विस्तार गरेर अफगानिस्तान र मध्य एसियन सम्म पुराउने प्रस्ताव राखिएको थियो । चमन रेलवे स्टेसन सहरको मध्य भागमा अवस्थिति छ ।
मौसम
[सम्पादन गर्नुहोस्]चमन सहरको मौसम मध्यम खालको जसमा ग्रिष्म ऋतुमा अौसत तापक्रम १९.० डिग्री हुन्छ भने वर्षा ऋतुमा वार्सिक रूपमा २३२ मिलिमिटर पानी पर्छ ।
वर्षको जुन महिनामा सबैभन्दा सुख्खा हुन्छ जसमा पानी पर्ने सम्भावना न्यून हुन्छ भने जनवरी महिना सबैभन्दा ओसिलो हुन्छ जसमा औसत ६५ मिलिमिटर पानी पर्छ । जुन महिना वर्षको उच्च तापक्रम हुन्छ जुन ३१.० डिग्री पुग्छ भने जनवरी महिनामा सबैभन्दा जाडो हुन्छ जसको तापक्रम ६.४ डिग्री सम्म मापन गरियको छ ।
चमनको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम औसत °से (°फे) | १३.३ (५५.९) |
१६.० (६०.८) |
२१.२ (७०.२) |
२७.३ (८१.१) |
३३.८ (९२.८) |
३८.७ (१०१.७) |
३९.३ (१०२.७) |
३८.५ (१०१.३) |
३५.२ (९५.४) |
२९.२ (८४.६) |
२१.१ (७०.०) |
१६.८ (६२.२) |
२७.५ (८१.६) |
दैनिक औसत °से (°फे) | ६.४ (४३.५) |
९.० (४८.२) |
१३.८ (५६.८) |
१९.५ (६७.१) |
२४.७ (७६.५) |
२९.१ (८४.४) |
३१.० (८७.८) |
२९.६ (८५.३) |
२४.९ (७६.८) |
१८.९ (६६.०) |
१२.८ (५५.०) |
८.५ (४७.३) |
१९.० (६६.२) |
न्यूनतम औसत °से (°फे) | −०.४ (३१.३) |
२.१ (३५.८) |
६.५ (४३.७) |
११.७ (५३.१) |
१५.६ (६०.१) |
१९.५ (६७.१) |
२२.७ (७२.९) |
२०.७ (६९.३) |
१४.७ (५८.५) |
८.७ (४७.७) |
३.६ (३८.५) |
०.३ (३२.५) |
१०.५ (५०.९) |
स्रोत: Climate-Data.org[१] |
खेलकुद
[सम्पादन गर्नुहोस्]चमन सन् १९४० को दशक देखिनै फुटबलको लागि प्रचलित हो र यस सहरको घरेलु टिम अफगान एफसी चमन हो जसले पाकिस्तानी प्रिमियर लिगमा प्रतिसपर्धा गर्दै आएको छ । यो सहरमा जामल नासिर सहिद राष्ट्रिय रङ्गशाला अवस्थित छ । यो सहरबाट पाकिस्तानका लागि खेल्छन् जसमा कप्तान महम्मद इसा, जाजिद खान पठान आदि रहेका छन् । चमनमा अझै थुप्रै फुटबल खेलाडीहरू रहेका छन् जसमा पाकिस्तान फुटबल टिमका पुर्व कप्तान कलिम उलाहा, महम्मद खान, हिमत खान, हयात उला आदि छन् । चमनमा विभिन्न फुटबल टोलीहरू रहेका छन् ।
व्यापार
[सम्पादन गर्नुहोस्]चमन बलुचिस्तान र पाकिस्तानकै एक प्रमुख र महत्त्वपूर्ण व्यापारीक केन्द्र हो । यो सहर कराची, क्वेटा लगाएत अफगानिस्तानमा पनि प्रमुख व्यापारीक केन्द्र र द्वारको रूपमा रहेको छ । चमना १९८० को दशकमा नयाँ कानुन र व्यापारमा विकासकरण गरियको थियो ।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]सन् १९९८ राष्ट्रिय जनगणनाका अनुसार चमन सहरको कुल जनसङ्ख्या १,५१८,४५ रहेको थियो भने २०१८ को जनगणना अनुसार यस सहरको जनसङ्ख्या ४,३३७,६८ रहेको थियो । [२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "मौसम: चमन - क्लाईमेट-डाटा", अन्तिम पहुँच २० नोभेम्बर २०१७।
- ↑ "२०१७ राष्ट्रिय जनगणना", राष्ट्रिय तथ्याङ्क विभाग।