मीरपुर खास
मीरपुर खास
ميرپورخاص | |
---|---|
![]() | |
निर्देशाङ्क: २५°३१′३०″उ॰ ०६९°००′५७″पू॰ / २५.५२५००°N ६९.०१५८३°Eनिर्देशाङ्कहरू: २५°३१′३०″उ॰ ०६९°००′५७″पू॰ / २५.५२५००°N ६९.०१५८३°E | |
देश | ![]() |
प्रदेश | सिन्ध |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• गभर्नर | फरोक जामेल दुर्रानी |
• उप- सचिव | फराद अहमद |
जनसङ्ख्या | |
• लगत (२०११) | ६१२,५२० |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | ०२३३ |
नगरको सङ्ख्या | ५ |
मीरपुर खास (सिन्धी र उर्दु: میرپور خاص पाकिस्तानको सिन्ध प्रदेशमा रहेको मीरपुर जिल्लाको राजधानी शहर हो[स्रोत नखुलेको]। मीरपुर खास सिन्ध प्रदेशको चौथो सबैभन्दा ठूलो शहर हो जसको सन् २००९ मा अनुमानित जनसङ्ख्या ४८,८५९,०९ रहेको छ । मीरपुर खास आँप खेती को लागि प्रख्यात छ जसमा वर्षको सयौं प्रकारका आँपहरू उत्पादन हुन्छन् । सन् १९५५ देखि यस शहरमा एक परम्परागत आँप पर्व मनाइदै आएको छ । [१]
भूगोल[सम्पादन गर्नुहोस्]
मीरपुर खास शहर वाह नगरमा २५°३१' उत्तर र ६९°००' पुर्वमा सिन्ध प्रदेशको पुर्वी भागमा अवस्थित छ । यो शहर हैदराबाद शहरबाट ६५ किलोमिटर पुर्वमा रहेको छ जहाँबाट दुवै सडकहरू जोडिएका छन् । यो शहर कराचीबाट २२० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ भने नजिकको भारतीय सिमाना शहरबाट १७० किलोमिटरको दुरीमा पर्छ । [२]
जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]
सन् २००९ मा मीरपुर खासको अनुमानित जनसङ्ख्या ४८,८५९,०९ रहेको छ । मीरपुर खास जिल्लामा अनुमानित ३३ प्रतिशत हिन्दुहरू छन् भने अन्य इस्लामीहरू रहेका छन् । अन्तिम १८ औँ शताब्दीमा यस क्षेत्रमा मुस्लिमहरू पञ्जाबबाट यस ठाउँमा आएका थिए । यस शहरको सबैभन्दा ठूलो मुस्लिम जनजाति अरिन जातीहरू हुन् जो अमृतसार, पटियाला, फिरोजपुर, अम्बालाबाट बसाइँसराइ गरेर स्थाई रूपमा बसोबास गर्न आएका थिए । मीरपुर खास नजिकै एक सिख धर्मको मन्दिर रहेको छ जसलाई सिख धर्मका स्थापक गुरु नानकले यस ठाउँमा पाहिला टेकेको भन्ने इतिहास उल्लेख छ[स्रोत नखुलेको]।
खेलकुद[सम्पादन गर्नुहोस्]
मीरपुर शहर सिन्ध प्रदेशमा खेलकुदको उत्थान गर्ने शहरको रूपमा प्रख्यात छ । यस शहरमा विशेष गरी क्रिकेट, फुटबल, हक्की आदि प्रमुख रूपमा खेलिन्छ भने टिबल टेनिस, व्यडमिन्टन आदि खेलहरू पनि प्रचलित छन् । यस शहरमा पाकिस्तान क्रिकेट बोर्डले निर्माण गरेको एक राष्ट्रिय रङ्गशाला रहेको छ जसमा विभिन्न विद्यालय र कलेजहरूको खेल प्रतिस्पर्धा हुने गर्छ[स्रोत नखुलेको] । यस शहरमा र नजिकैको हैदराबादमा अन्य रङ्गशालाहरू पनि रहेका छन् ति मध्य गामा रङ्गशाला एक हो । यस शहरमा अन्य विभिन्न जिम हलहरू रहेका छन् ती मध्य जिमखाना सबैभन्दा प्रख्यात छ ।
अर्थतन्त्र[सम्पादन गर्नुहोस्]
कृषि[सम्पादन गर्नुहोस्]
यस शहर र जिल्लामा उर्वर भूमिले प्रशस्त रूपमा भएका कारण यहाँ गँहु, प्याज, उखु, कपास, खुर्सानी, आँप आदिको उत्पादन हुन्छ । यस ठाउँमा सन् १९०० पछि जमराव नहर स्थापना भयो र शहरको खेतीमा पुनरुत्थान भएको थियो । इतिहासको एक निश्चित अवधिको लागि मीरपुर खास देशको सबैभन्दा राम्रो कपास उत्पादन गर्ने र शहरको अधिकांश आय कपासको खेतीबाट आफ्नो धान्ने गरेको थियो[स्रोत नखुलेको]।
रेल[सम्पादन गर्नुहोस्]
मीरपुर रेलवे स्टेसन मीरपुर शहरको बिचमा रहेको छ । ४० वर्ष पछि पाकिस्तान र भारतबीच रेलमार्गको पुन जोड गरी खोलिएको थियो[स्रोत नखुलेको]। एक व्यापक चौडा रेल मार्ग मीरपुर खास देखि खोखरापार सम्म बिछ्याइएको थियो जुन पाकिस्तान र भारतको सिमानामा रहेको छ[स्रोत नखुलेको]। हाल एक नयाँ रेल मार्ग बनाइएको छ जुन पाकिस्तानको कराची देखि भारतको जोधपुर सम्म जान्छ । मीरपुर रेलवे स्टेसन पाकिस्तान सबैभन्दा लामो मन्चको रूपमा रहेको छ[स्रोत नखुलेको]।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "मीरपुर खासमा आँप पर्व", डेल्ली टाईम्स, ४ जुन २०१६, अन्तिम पहुँच २० डिसेम्बर २०१७।
- ↑ "मीरपुर खासको नक्शा", यान्डेक्स म्याप।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
मीरपुर खाससँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
मीरपुर खास विकियात्रामा यात्रा सहयोगी