फैसलाबाद
फैसलाबाद فیصل آباد लयलपुर | |
---|---|
![]() फैसलाबादको घण्टाघर | |
उपनाम(हरू): पाकिस्तानको म्यानचेस्टर | |
निर्देशाङ्क: ३१°२५′०″उ॰ ७३°५′२८″पू॰ / ३१.४१६६७°N ७३.०९१११°Eनिर्देशाङ्कहरू: ३१°२५′०″उ॰ ७३°५′२८″पू॰ / ३१.४१६६७°N ७३.०९१११°E | |
देश | ![]() |
राज्य | पञ्जाब |
जिल्ला | फैसलाबाद |
Settled | १८९२ |
संस्थापक | सर जेम्स ब्रोडउड |
सरकार | |
• फैसलाबादका मेयर | राजक मलिक |
• उप-मेयर | ३ क्षेत्रका मेयर |
क्षेत्रफल | |
• नगरपालिका | १,३०० किमी२ (४९० वर्ग माइल) |
• जमीन | ८४० किमी२ (३२५ वर्ग माइल) |
• पानी | ४३० किमी२ (१६५ वर्ग माइल) 33% |
• महानगर | ५,८६० किमी२ (२,२६१ वर्ग माइल) |
उन्नतांश | १८४ मिटर (६०५ फिट) |
जनसङ्ख्या (२०१७) | |
• नगरपालिका | ३,२०३,८४६ |
• क्रम | पाकिस्तानमा तेस्रो |
• घनत्व | २,५००/किमी२ (६,५००/वर्ग माइल) |
• मुलवासी नाम | फैसलाबादी |
[१] | |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी समय) |
जिप कोड | 38xxx |
क्षेत्रीय सङ्केत(हरू) | ०४१ |
पहिलाको नाम | लयलपुर |
आधिकारिक भाषा | उर्दु |
क्षेत्रीय भाषा | पञ्जाबी |
भाषा (१९८१) | ९८.२% पञ्जाबी १.८% अन्य |
वेबसाइट | www |
फैसलाबाद (उर्दू: فیصل آباد(लयलपुर-१९७९ भन्दा पहिला) पाकिस्तानको तेस्रो सबैभन्दा जनघनत्व बढी भएको र पञ्जाब प्रन्तको पुर्वीय क्षेत्रको दोश्रो ठूलो सहर हो । यो क्षेत्र सबै भन्दा पहिला नगरपालिका भएको थयो । फैसलाबाद जिल्लाको क्षेत्रफल ५,८५६ बर्ग किलो मिटर रहेको छ भने फैसलाबाद सरकार प्राधिकरणले नियन्त्रण गरेको क्षेत्र १,२८० बर्ग किलोमिटर मात्र रहेको छ ।फैसलाबाद रहेका हवाईयात्रा , सडकको सैलियत र रेलहरूको कारणले फैसलाबाद पाकिस्तानकै सबैभन्दा ठूलो अौधोगिक क्षेत्रको रूपमा रहेको छ ।फैसलाबादलाई पाकिस्तानको म्यानचेस्टरले पनि चिनिन्छ । पाकिस्तानको कुल आयको २० % फैसालाबादले ओगटोको छ ।
फैसलाबादको छेउछाउमा रहेका भागहरूको चेनाब नदिले संचाइ प्रधान गर्छ र त्यसबाट गँहु ,मकौ, उखु र फलफूलहरूको उत्पादन हुने गरेको छ । यो शहर पाकिस्तानको अौधोगिक शहर हुनुको साथसाथै यहाँ रेलमार्ग ,भवनहरूको निर्माण ,मिल र अरु सबैको सुबिधा भएको हुँदा यस क्षेत्रबाट चिनी , तेल ,अन्य खाद्यान्न समाग्रीहरूको निर्यात हुन्छ ।
इतिहास[सम्पादन गर्ने]
फैसलाबाद सन् १९०४ जहंग जिल्लाको तहसिलमा लयलपुरको नामले स्थापना भएको थियो । लयलपुरको नाम पञ्जाबका गभर्नर सर जेम्स बोडउड लयलको नामबाट राखिएको थियो जहाँ उनको थर मा पुर जोडेर बनाइएको थियो जसमा पुरको अर्थ संस्कृतमा शहर हो भन्ने जनाइन्छ । त्यसपछि सन् १९७९ मा साउदी अरबका महाराजले फैसलले त्यस शहरमा ठूलो आर्थीक सहयोग गरेका हुनाले त्यस शहरको नाम फैसलाबाद राखिएको हो ।[३]
पुर्व बसोबास[सम्पादन गर्ने]
फैसलाबाद विश्वविद्यालयका अनुसार फैसलाबाद शहरको स्थापना १८ अौँ सताव्दीमा भएको थियो जब त्यतिबेलाको बन जङ्गलहरू आधिबासीहरूको बिनास गरेर स्थापना गरेका थिय । पुर्व कालिन अबस्थामा बसोबास लयक क्षेत्र बनाएका झंग बासीहरूले हो भन्ने जन विश्वास रहेको छ ।
उपनिवेस शासन[सम्पादन गर्ने]
स्वतन्त्रता[सम्पादन गर्ने]
सन् १९५७ अगस्टमा भारत र पाकिस्तानले आफ्नो स्वतन्त्रताको लागि आन्दोलन भयो र त्यपछि ब्रिटिस्ट सााम्राज्यले दुई देशहरूलाई हिन्दु र मुस्लिम देशमा बिभाजन गरेको थियो त्यसपछि पाकिस्तननले र भारतले ब्रिटिस्ट साम्राज्यबाट स्वतन्त्रता पाएको थियो ।भारतमा मुस्लिमहरू भएको हुँदा भारतको बङ्गाल पुर्वी पाकिस्तान र पश्चिक बङ्गाल (भारत)मा बिभाजन भएको थियो । सन् १९७७ मा पाकिस्तानी सरकारले साउदी अरबका महाराज र पाकिस्तान बिच नजिकको सम्बन्ध कायम गर्न शहरको नाम फैसलाबादमा परिवर्तन गरेको थियो ।
स्वास्थ सुविधा[सम्पादन गर्ने]
स्वास्थ सुविधा जनसमुदायको पहुँचमा पुराउन सरकारी र निजी गरी दुवै किसीमका अस्पतालहरूको व्यवस्था फैसलाबादमा सहरमा रहेका छन् । पाकिस्तानी सरकारले एलाइड अस्पताल, जिल्ला सदरमुकाम अस्पताल र बाल अस्पतालहरू सुचारी गरेको छ । यस क्षेत्रमा निजी अस्पतालहरू पनि रहेका छन् जस्तै- अहमद शाह मेडिकल अस्पताल, अल-महमत ल्याब मुजित अस्पताल र अगहा खान ल्यब गरी अन्य निजी अस्पतालहरू पनि रहेका छन् ।
कानुन र शासन[सम्पादन गर्ने]
कानुन फैसलाबादका शहर प्रहरीहरूले व्यवस्था गरेका छन् । यस क्षेत्रमा धेरै ठाउँ कारागारहरू रहेका छन् ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "छौँठ राष्ट्रिय जनगणनाको नतिजा - प्रदेशहरूको तथ्याङ्क २०१७", pbs.gov.pk, अन्तिम पहुँच २४ नोभेम्बर २०१७।|date=March 2018 |bot=InternetArchiveBot |
- ↑ "कृषिको सुबिधा", कृषिको विश्वविद्यालय-इतिहास, Faisalabad, अन्तिम पहुँच ७ जुन २०१६।
- ↑ "फैसलाबादको इतिहास", फैसलाबादको वेबसाइट, मूलबाट ३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
फैसलाबाद परीक्षण को विकिपिडिया हाल विकिमीडिया इन्कुवेटरमा रहेको छ । |
Faisalabadको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
![]() |
परिभाषा विकिस्नरीबाट |
![]() |
पाठ्यपुस्तक विकिपुस्तकबाट |
![]() |
उद्धरण विकिकथनबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
समाचार विकिसमाचारबाट |
![]() |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
- फैसलाबादको वेबसाइट
- पञ्जाब सरकारको आधिकारिक वेबसाइट
फैसलाबाद विकियात्रामा यात्रा सहयोगी