गुजरात, पाकिस्तान
गुजरात گُجرات | |
---|---|
![]() | |
निर्देशाङ्क: ३२°३४′२६″उ॰ ७४°४′४४″पू॰ / ३२.५७३८९°N ७४.०७८८९°Eनिर्देशाङ्कहरू: ३२°३४′२६″उ॰ ७४°४′४४″पू॰ / ३२.५७३८९°N ७४.०७८८९°E | |
देश | ![]() |
राज्य | ![]() |
जिल्ला | गुजरात |
सरकार | |
• उप-आयुक्त | महम्मद अली |
• जिल्ला प्रहरी अधिक्रीत | सोहाली जाफर चथाह |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | ०५३ |
सङ्घिय परिसरको सङ्ख्या | १८ |
गुजरात (पञ्जाबी, उर्दू: گُجرات) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको गुजरात जिल्लाको सदरमुकाम शहर हो ।[१] यो शहर पाकिस्तानको १८ औँ ठूलो शहर हो । नजिकका दुई ठूलो शहर सियालकोट र गुजराणवालासँग गुजरातले औद्योगिकका क्षेत्रमा आयात र निर्यातको काम गर्छ जसलाई सुनौलो त्रिभुग पनि भन्ने गरिन्छ ।
इतिहास[सम्पादन गर्ने]
गुजरात र गुजरातका आसपासको क्षेत्र शेर शाह सूरी अवधि को समयमा मुगल शासन भन्दा पहिले बसेको थियो । यस क्षेत्रलाई सबैभन्दा पहिला सूरीका गभर्नर खवास खानलाई सम्मान गरेका कारण यस ठाउँनाम खवासवुर राखिएको थियो ।[२] स्थानीय परम्पराहरूले राज्यमा गुजरात क्षेत्रमा निर्माण हुने दोस्रो शहरको रूपमा लिएको थियो त्यलाई मुगल शाशकहरूले १३०३ मा आक्रमण गरेर ध्वस्त पारेका थिए ।
गुजरात शहर तेस्रा मुगल शासक अकबरको पालामा विकसित गरिएको थियो र त्यहाँ गुजरात वन्दरगाहाको पनि निर्माण गरिएको थियो । त्यसपछि यो शहरलाई गुजर जनजातिको सन्दर्भमा राखिएको नाम राखिएको थियो र त्यसैले आज यस शहरलाई गुजरात भनिन्छ । सम्राट शासक गाहाँगीरको शासनकालमा गुजरात शहर कश्मीर भ्रमण गर्दा मुगल शासकहरूले प्रयोग गरेको मार्गको अंशको रूपमा रहेको थियो । मुगल शासनकालमा गुजरातलाई ५ बटा प्रवेश द्वार भएको एक ठूलो पर्खालले धेरेएको थियो , जसमध्ये अहिले शाह दैला प्रवेश द्वारमात्र भत्किएको छैन ।
भुगोल[सम्पादन गर्ने]
अवस्थिती[सम्पादन गर्ने]
गुजरात जिल्ला पाकिस्तान पञ्जाब प्रान्तमा रहेको एक जिल्ला हो र यो जिल्लालाई उत्तर-पुर्व तिरबाट जम्मू र कश्मीरले धेरेको छ र उत्तर-पश्चिम तर्फबाट झेलम नदिले धरेको छ जसले गुजरात र झेलम जिल्ला छुट्टयउछ त्यस्तै गरी पुर्व र दक्षिण-पुर्वबाट चेनाब नदिले ढाकेको जसले गुजराणवाला जिल्ला र सियालकोट जिल्लालाई छुट्टयाउँछ र पश्चिम तर्फबाट भने मण्डी बहाउद्धेन जिल्लाले धेरेको छ । यो जिल्ला कुल ३,१९२ वर्ग किलोमिटर दुरीमा फलिएको छ । गुजरात लाहोरबाट १२० किलोमिटर उत्तरमा रहेको छ ।
मौसम[सम्पादन गर्ने]
गुजरातमा मध्यम खालको मौसम रहेको छ जसमा ग्रिष्म ऋतुमा गर्मी र हिउँद ऋतुमा जाडो हुन्छ । ग्रिष्म ऋतुको बेलामा यस ठाउँ तापक्रम अधिकतम ४५ डिग्री सम्म मापन गरिएको छ तर आजद कश्मीर हिमालले गर्दा तापक्रम धेरै समय सम्म अधिक हुन सक्दैन । यस ठाउँ हिउँद ऋतुमा तापक्रम न्युनतम २ डिग्री सम्म मापन गरिएको छ भने कश्मीरको सिमानामा वार्सिक औसत १०० सेन्टिमिटर पानी भने गुजरातमा ६७ सेन्टिमिटर पानी पर्ने गरेको छ ।
गुजरातको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
अधिकतम °से (°फे) औसत | १९٫२ (६७) |
२२٫१ (७२) |
२७٫४ (८१) |
३३٫७ (९३) |
३९٫१ (१०२) |
४१٫१ (१०६) |
३६٫३ (९७) |
३४٫६ (९४) |
३५٫१ (९५) |
३३٫१ (९२) |
२७٫२ (८१) |
२१٫२ (७०) |
३०٫८४ (८७٫५) |
दैनिक औसत °से (°फे) | १२٫४ (५४) |
१५٫१ (५९) |
२०٫३ (६९) |
२६ (७९) |
३१٫१ (८८) |
३४ (९३) |
३१٫४ (८९) |
३०٫२ (८६) |
२९٫४ (८५) |
२५٫३ (७८) |
१८٫७ (६६) |
१३٫५ (५६) |
२३٫९५ (७५٫२) |
न्यूनतम °से (°फे) औसत | ५٫६ (४२) |
८٫१ (४७) |
१३٫३ (५६) |
१८٫४ (६५) |
२३٫२ (७४) |
२६٫९ (८०) |
२६٫६ (८०) |
२५٫८ (७८) |
२३٫८ (७५) |
१७٫६ (६४) |
१०٫२ (५०) |
५٫८ (४२) |
१७٫११ (६२٫८) |
औसत हिउँ/वर्षा मीमी (इञ्च) | ३८ (१٫५) |
३७ (१٫४६) |
३६ (१٫४२) |
२१ (०٫८३) |
१९ (०٫७५) |
४७ (१٫८५) |
१८२ (७٫१७) |
२०५ (८٫०७) |
८३ (३٫२७) |
१२ (०٫४७) |
५ (०٫२) |
१८ (०٫७१) |
७०३ (२७٫७) |
स्रोत: क्लाईमेट डाटा डट ओआरजी |
जनशाङ्खिकि[सम्पादन गर्ने]
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार गुजरात जिल्लाको कुल जनसङ्ख्या २०,४८०,०० रहेको छ जसमध्ये १०,२६०,०० पुरुष रहेका छन् भने १०,२२०,०० महिला रहेका छन् । जनसङ्ख्याको जनघनत्व ६४२ प्रती वर्ग किलोमिटर रहेको छ जसमध्ये ७३.३ % ग्रामीण क्षेत्रमा बसोबास गर्छन् भने २७.७ % शहरी क्षेत्रमा बसोबास गर्छन् । यस जिल्ला कुल ३,०५०,९७ घरहरू रहेका छन् ।[३]
यातायात[सम्पादन गर्ने]
सञ्चार[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "यानडेक्स म्यापमा गुजरातको अवस्थिती", यानडेक्स म्याम।
- ↑ नाज, निलुम, "गुजराणवाला शहरी विकासको ऐतिहासिक परिप्रेक्ष्य", लाहोर, अन्तिम पहुँच २२ डिसेम्बर २०१७।
- ↑ "पञ्जाब प्रदेशको जनसङ्ख्याको जनाकारी", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग।