ग्वादर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ग्वादर

گوادر
—  सहर  —
Gwadar, Balochistan.jpg
Gwadar City .jpg
माथि देखि तल सम्म: ग्वादर समुन्द्री तट, ग्वादर बन्दरगाहा र ग्वादर शहर
ग्वादर पाकिस्तान-এ অবস্থিত
ग्वादर
ग्वादर
निर्देशाङ्क: २५°१२′ उत्तर ६२°११′ पूर्व / २५.२००° उत्तर ६२.१८३° पूर्व / 25.200; 62.183
देश Flag of Pakistan.svg पाकिस्तान
प्रदेश बलुचिस्तान
जिल्ला ग्वादर
जनसङ्ख्या (२००६)
 - अनुमानित (२००६) ८५,०००
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
सम्पर्क कोड ०८६
सहरको सङ्ख्या
सङ्घीय परिषद्
वेबसाइट सहरको अाधिकारिक वेबसाइट

ग्वादर (उर्दू: گوادر) पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रुपमा घोषित गरिएको थियो। पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै चीन, अफगानिस्तान र मध्य एसियाली देशहरूबाट यस सहरको बाटो भएर व्यापार गर्न चाहान्छ।

उत्पत्ति[सम्पादन गर्ने]

ग्वादर शव्दको उत्पत्ति बलुची शब्द ग्वा र दर बाट भएको हो जसमा ग्वा शव्दको अर्थ हावा हुन्छ र दर शव्दको अर्थ प्रवेश द्वार भन्ने हुन्छ त्यसैले ग्वादर शव्दको अर्थ वायुको प्रवेशद्वार भन्ने बुझिन्छ ।[१]

भुगोल[सम्पादन गर्ने]

अवस्थिति[सम्पादन गर्ने]

शहरको एक दृश्य
माछा मार्न प्रयोग हुने डुङ्गा

ग्वादर बलुचिस्तान प्रदेशको दक्षिणपश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको रुपमा रहेको छ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।

मौसम[सम्पादन गर्ने]

ग्वादर शहरमा तातो मरुभूमि खमलको मौसम रहेको छ । ग्रिष्म ऋतु र हिँउदमा यहाँको तापमानमा ठूलो भिन्नता अाउँछ । अरबी समुन्द्रले गर्दा जाडो याममा यस शहरको तापक्रम जाडो नभई मध्यम खालको हुन जान्छ । यस शहरको गर्मिको अौसत (जुन महिना) तापक्रम ३१-३२ डिग्री सम्म पुग्छ भने जाडो याममा यस शहको अौसत तापक्रम १८-१९ डिग्रीको बिचमा हुन्छ । ग्वादरमा ग्रिष्म ऋतु भन्दा हिँउद ऋतु कम हुने गरेको छ । यस शहरमा बार्सिक १०० मिलिमिटर पानी पर्ने गरेको जल तथा वातावरण विभागले जनाएको छ । जुन देखि अगस्टको महिनामा यस सहरमा हलुका पनि पर्ने गरेको पाईन्छ तैपनि कहिलेकाँहि वातावरण प्रदुषणले गर्दा हिँउदमा पनि भारी वर्षाहुने गरेको छ ।

अर्थतन्त्र[सम्पादन गर्ने]

ग्वादर समुन्द्री तटिय क्षेत्रमा रहेको हुँदन अर्थव्यवस्था प्रचिनकाल देखिनै माछामा निर्भर भएको छ । यस शहरको अर्थतन्त्र फस्टाउँदै अाएको छ किनभने शहर पहिला सानो गाउँ भएको हुँदा माछामा त्यति घ्यान दिएको थिएन र अहिले भने ठूलो अावादी र जनसङ्ख्याको लागि माछा महत्त्वपूर्ण मानिएको छ र त्यसैस हाल शहरको अर्थतन्त्र धानेको छ । हाल पाकिस्तानी सरकारले ग्वाद बन्दरगाहाको निर्माणमा जोड दिएको छ र यसको पहिलो चरणको निर्माण डिसेम्बर २००५ मा सकिएको थियो भने दोस्रो चरणको काम २००७ मार्चमा सकियको थियो । ग्वादर शरकारले यो काम २००९ मा पुर्ण रुपमा सकाएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "ग्वादरको इतिहास", अन्तिम पहुँच ३० जुलाई २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]