तक्षशिला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
तक्षशिला
Taxila
ढाँचा:Lang-pnb
Taxila1.jpg
धर्मरजिकाको दृश्य, एक प्राचीन स्तुप
तक्षशिला is located in पाकिस्तान
तक्षशिला
पाकिस्तानभित्र देखाइएको क्षेत्र
स्थान रावलपिण्डी जिल्ला, पञ्जाब, पाकिस्तान
निर्देशाङ्क ३३°४४′४५″ उत्तर ७२°४७′१५″ पूर्व / ३३.७४५८३° उत्तर ७२.७८७५०° पूर्व / 33.74583; 72.78750निर्देशाङ्क: ३३°४४′४५″ उत्तर ७२°४७′१५″ पूर्व / ३३.७४५८३° उत्तर ७२.७८७५०° पूर्व / 33.74583; 72.78750
प्रकार उपनिवेश
इतिहास
स्थापना ३७० इशा पूर्व सम्भावित[१]
ध्वस्त ५औँ शताब्दी
आधिकारिक नाम तक्षशिला
किसिम सांस्कृतिक
मापदण्ड iii, vi
नामाङ्कित १९८० (४औँ शत्र)
सन्दर्भ क्रम सङ्ख्या १३९
क्षेत्र दक्षिण एसिया

तक्षशिला (उर्दू: ٹیکسلا, संस्कृत: तक्षशिला) प्राचिन भारतमा गान्धार राज्यको राजधानी तथा हाल पाकिस्तानको पन्जाब राज्यको रावलपिण्डी जिल्लामा अवस्थित एक पुरातात्विक स्थान हो । यो स्थान बौद्ध तथा हिन्दु दुबै धर्मको केन्द्र बिन्दु थियो ।

तक्षशिलाको नाम[सम्पादन गर्ने]

तक्षशिलाको नाम रामका भाई भरतका दुइ छोराहरुमध्ये एकको नामबाट रहेको भन्ने उल्लेख पाइन्छ । भरतका दुइ छोरा थिए तक्ष र पुष्कर । तक्षले सिन्धु नदीको एकातिर तक्षशिला वा तक्षखण्डको स्थापना गरे । पुष्करले नदीको अर्कातिर पुष्करावती राजधानी बनाएर राज्य गरे । यो विवरण रामायणमा पाइन्छ । तक्षशिला गान्धारको राजधानीका रुपमा रहेको कुरा महाभारतमा समेत उल्लेख छ । सर्प यज्ञ गरिएको स्थान पनि त्यही मानिन्छ । त्यसैले परीक्षितले राज्यारोहण गराएको स्थान पनि त्यही हुनुपर्छ । तक्षको एउटा अर्थ हुन्छ तलास्नु वा ताछ्नु र शिलाको अर्थ हो ढुङ्गा, पत्थर । त्यसैले यस स्थानमा ढुंगा कुंद्ने व्यक्तिहरुको बसोबास हुनसक्छ । यस आधारमा के भन्न सकिन्छ भने प्रस्तर कलाको केन्द्र भएकोले पनि यस स्थानको नाम तक्षशिला रहेको हुनसक्छ । हु–एन–त्सांगका अनुसार यस स्थानको नाम तक्षशिला रहने कारण के भने भगवान बुद्धले पूर्व जन्ममा आफ्नो शिर दान गरेका थिए ।

शिक्षाको केन्द् / गुरुकुल[सम्पादन गर्ने]

भगवान बुद्धका मित्र प्रसेनजितले त्यस स्थानमा अध्ययन गरेको उल्लेख पाइन्छ । टोलेमीको ज्योग्राफी ग्रन्थ र जोन हिल्डेसिमको हिस्ट्री अफ थ्री किङ्समा पनि यस स्थानको नाम ससम्मान उल्लेख छ । वराहमिहिरको ज्योतिष ग्रन्थ वृहत् संहिता, रामायण, महाभारत, कौटिल्य ग्रन्थमा यस स्थानको नाम उल्लेख छ । तक्षशिलामा एशियाबाट मात्र होइन यूरोपबाट पनि विद्यार्थी र जिज्ञासुहरु अध्ययन गर्न र आफ्ना समस्याहरु समाधान प्राप्त गर्न आउने गर्थे । ग्रीस देशका अनेक विद्वानहरुले तक्षशिलामा आएर अध्ययन गरेको उल्लेख पाइन्छ । पाइथागोरसले आफ्ना साध्यको पुष्टि यहीं आएर गरेका हुन् भन्ने मान्यता छ । यी सबै कारणले मानिसहरुलाई अत्यन्त उत्सुकता के मा छ भने त्यो स्थानमा विद्यालय वा विश्वविद्यालय थियो ? थियो भने कस्तो ? त्यहांको व्यवस्थापन कसरी हुने गथ्र्यो । हुनत, त्यहा केवल एक विश्वविद्यालय थियो वा अनेक शिक्षण संस्थान, यसबारेमा इतिहासविद्हरुमा निकै विवाद छ । तर पौरस्त्य दर्शनका विद्वान् सातवलेकरको विचारमा प्राचीन समयमा आजको जस्तो विश्वविद्यालय थिएन । बरु त्यहा अनेक प्रकारका स्वतन्त्र गुरुकुलहरु थुप्रै संख्यामा थिए । जहा“ अनेक गुरुहरुले आआफ्ना गुरुकुलमा विभिन्न विषयको ज्ञान प्रदान गर्थे । यदि धेरै विषयहरुको एक स्थानमा अध्ययन अध्यापन हुन्थ्यो भने त्यसलाई एक प्रकारको विश्वविद्यालय भन्न सकिन्छ । जुन दृष्टिले पनि तक्षशिला शिक्षाको विशेष केन्द्र थियो र त्यहा ज्ञानार्जन गर्न युरोप र एशियाबाट शिक्षार्थी जम्मा हुन्थे भन्न सकिन्छ । पहिलो चीनियां यात्रु फाहियानका अनुसार भने त्यहां विद्याको केन्द्र भएको कुनै चिन्ह पाइएन । सम्भवतः त्यस बेलासम्म शिक्षाको यो केन्द्र ध्वस्त भइसकेको थियो । यदि कौटिल्यको समयमा त्यहां शिक्षा केन्द्र थियो भने त्यसको लगभग ६०० वर्षपछि त्यसको अस्तित्व नपाउनु त्यस बेला स्वाभाविक थियो । जुन बेला राज्यहरुको जन्म हुनु र समाप्त हुनु एक स्वाभाविक प्रक्रिया मानिन्थ्यो ।

एलेक्जेन्डरको आक्रमण[सम्पादन गर्ने]

एलेक्जेन्डरको आक्रमणका समयमा त्यहां आम्भी राज्य थियो भन्ने कुरा भारतीय इतिहासकारहरुले प्रमाणित गरिसकेका छन् । वि.पूू. ३२६ को समयमा तक्षशिला गान्धारबाट छुट्टिइसकेको थियो भन्ने कुरा इतिहासकार राधाकुमुद मुखर्जीले उल्लेख गरेका छन् । त्यस समयममा पोरसको भतिजा पुरुले त्यहा“ राज्य गरेका थिए भन्ने कुरा जायसवालले पनि स्पष्ट गरेका छन् । संभवतः आम्भीले सिकन्दरका अगाडि आत्मसमर्पण गरेपछि केही समय यो स्थान सिकन्दरको आधिपत्यमा गयो । यो कुरा पनि कौटिल्य वा चाणक्यको असन्तुष्टिको कारण थियो । किनभने कौटिल्यले त्यहा“ गुरुकुलमा लामो समय रहेर अर्थशास्त्र अध्ययन गरेका थिए । पछि त्यहीं सो विषयका आचार्य भएका थिए । कौटिल्य एलेक्जेन्डरका विरुद्ध संगठन गर्नुमा तक्षशिलाको मुक्ति पनि एक कारण हुनसक्छ । चन्द्रगुप्तको सहायताले यस स्थानलाई मुक्त गराएका थिए भन्ने कुरा इतिहासकारहरुले बताएका पनि छन् ।

अशोक र तक्षशिला[सम्पादन गर्ने]

चन्द्रगुप्तको नाति अशोकले राज्य विस्तार गर्दा उत्तरमा तक्षशिला, उज्जैनलाई आफ्नो साम्रँज्यमा मिलाएका थिए । तर उनले त्यहा सधैं असन्तुष्टि खेप्नु पर्यो । यस कुरालाई दिव्यवदन ग्रन्थमा यस प्रकार उल्लेख गरिएको छ– उत्तरापथको तक्षशिला अशोकले गरेको अपमान प्रति रुष्ट थियो । त्यस स्थानको पौर (नगरअध्यक्ष) ले त्यहां राज्य गर्न पठाइएका मन्त्रीहरुको स्वागत गरेनन् । अन्तमा राजा अशोकले त्यहां कुणाललाई पठाए । राजा अशोकले के अपमान गरेका थिए ? र के कारणले तक्षशिला रुष्ट भयो भन्ने कुरा इतिहासकारहरुले स्पष्ट गर्न सकेका छैनन् । कथा र विम्वदन्तीमा पनि सो सम्बन्धमा कुनै कुरा उल्लेख छैन । तर राज्य विस्तार गर्दा अशोकले कलिंग, उज्जैन र तक्षशिलामा विरोध खेप्नु परेको कुरा इतिहासकारहरुले स्पष्टता साथ उल्लेख गरेका छन् । राजकुमार कुणाललाई त्यस क्षेत्रको क्षेत्रपाल (गभर्नर) बनाएर पठाएको र कुणालले त्यस क्षेत्रको विकासका लागि लामो समयसम्म योगदान गरेकोले त्यो क्षेत्र त्यस समयमा एक प्रसिद्ध स्थान बनेको थियो भनी अनुमान गर्न सकिन्छ । संभवतः अशोकले त्यस स्थानको पुननिर्माण र नव निर्माण पनि गरेका थिए । यो स्थान बारम्बार आक्रमणकारीहरुले आक्रान्त भइरहने अशान्त र अस्थिर स्थान भएकोले यसको स्थानमा तीस चालीस किलोमीटर यता उता विस्थापन भइ रहन्थ्यो भन्ने कुरा सन् १९२६ देखि सन् १९३० सम्म गरिएको उत्खननबाट स्पष्ट भएको छ । कालान्तर हूणहरुको निरन्तर आक्रमणले यस स्थानलाई पूर्णतः ध्वस्त गरीदियो । एक सभ्य सुसंस्कृत स्थान र विश्वको प्राचीनतम शिक्षा केन्द्रको अस्तित्व समाप्त हुन पुग्यो ।

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. S. K. Agarwal (1 September 2008). Towards Improving Governance. Academic Foundation. प॰ 17. ISBN 978-81-7188-666-1 . https://books.google.com/books?id=1nIkFqh_TmEC&pg=PA17. अन्तिम पहुँच मिति: 2012-06-06. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]