सामग्रीमा जानुहोस्

स्तूप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्तूपको


अनुवादहरू
पाली:thūpa, cetiya
संस्कृत:स्तूप
चिनियाँ:窣堵坡
(pinyin: Sūdǔpō)
जापानी:舎利塔
(rōmaji: Sharitō)
कोरियन:솔도파
(RR: Soldopha)
मंगोलियन:Суварга
सिंहाल:දාගැබ්
(dagoba)
तिब्बती:མཆོད་རྟེན།
(mchod rten)
थाई:สถูป , เจดีย์
(ISO 11940:[१] s̄t̄hūp, cedīy̒)
भियतनामी:Phù đồ
बौद्ध धर्मको शब्दावली
नेपाल काठमाण्डौमा अवस्थित बौद्धनाथ स्तूप

स्तूप (तिब्बती: མཆོད་རྟེན།), बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको चैत्यहरूलाई स्तूप भनिन्छ। काठमाण्डौ उपत्यकामा रहेको स्वयम्भूनाथ र बौद्धनाथ स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात स्तूपको उदाहरण हुन्।

स्तूपको प्रकारहरू

[सम्पादन]
  1. शारीरिक स्तूप: शरीर धातु (अस्थि, केश, नङ, दाँत) राखेर बनाइएको स्तूपलाई शारीरिक स्तूप भनिन्छ।
  2. परिभोग स्तूप: बुद्धले जीवनमा प्रयोग गरेका वस्तु (पिन्डपात्र, छत्र, चिवर, बोधिमन्ड) राखेर बनाइएको स्तूपलाई 'परिभोग स्तूप' भनिन्छ।
  3. घटना वा उद्देशिक स्तूप: बुद्धको जीवनकालमा केही न केही महत्त्वपूर्ण घटना भएको स्थानमा बनाइएको स्तूपलाई 'घटना वा उद्देशिक स्तूप' भनिन्छ।
  4. धर्म स्तूप वा पूजा गर्न योग्य स्तूप: धर्म स्तूप वा पूजापरक स्तूप भन्नाले बुद्धको अनुपस्थितिमा बुद्धलाई स्मरण गरी पुज्ने स्तूपलाई भनिन्छ। स्ारनाथको धम्मेक स्तूप पूजापरक स्तूप हो। स्तूपमा प्राणप्रतिस्थापन गरिन्छ।

तथागतको आठ महास्तूपहरू

[सम्पादन]
तथागतको आठ महास्तूपहरू
  1. पद्मराशिस्तूप
  2. बोधिप्रप्तिस्तूप
  3. बहुद्वारस्तूप
  4. महाप्रातिहार्यस्तूप
  5. देवलोकावतरणस्तूप
  6. पुनर्मेलस्तूप
  7. विजयस्तूप
  8. निर्वाणस्तूप

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

यो पनि नहेर्नुहोस्

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]