धन्दो चैत्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धन्दो चैत्य

ས་ལྷག་རྡོ་ལྷག
धन्दो चैत्यको दृश्य
प्राथमिक विवरण
स्थान:काठमाडौँ,  नेपाल
सम्बन्धनबौद्ध
वास्तुकला प्रकारस्तूप

धन्दो चैत्य (तिब्बती: ས་ལྷག་རྡོ་ལྷག, सल्हाग दोल्हाग) काठमाडौँ महानगरपालिकाको चाबहिलमा रहेको एक प्राचिन चैत्य हो। प्राप्त प्रमाणहरूका आधारमा यस चैत्यलाई स्वयम्भूबौद्धनाथभन्दा पुरानो चैत्य मानिन्छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

देवमाला वंशावलीका अनुसार सूर्यवंशी राजा वृषमदेवले आफ्नो कुलमा चलिआएको शैव धर्म छोडेर बौद्ध धर्ममा लागेका र उनलाई सपनामा भगवानले दर्शन दिएर उक्त स्थानमा रहेको तलाउ भित्र धन भएको र सोही धन झिकेर चैत्यकार भित्र गर्भ राखी मन्दिर बनाऊ भन्ने आदेश दिएपछि गएर हेर्दा भने बमोजिमको धन फेला परे पछि कलिगत सम्बत् २८१० मा उक्त चैत्यको निर्माण गरिएको थियो। त्यही समयमा मञ्जुविहार भनी बहाल बनाई ३०० घरको शहर पनि निर्माण गरियो। राजा वृषमदेवले बनाउन लगाएको त्यस चैत्यलाई धन्दाडयो र सहरलाई चाबहिल नामाकरण गरियो। राइट वंशावलीका अनुसार सम्राट अशोकले छोरी चारुमतीको विवाह देवपत्तनको देवपालसँग गराई दिएको र उनै चारुमतीले पछि भिक्षुणी बनी बनाएको बिहारको नामबाट चाबहिल भएको भन्ने उल्लेख भएको पाइन्छ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ प्रकाश दर्नाल-प्राचिन नेपाल, पुरातत्व विभागको मुखपत्र , २०६२ असार

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]