नमोबुद्ध
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
नमोबुद्ध སྟག་མོ་ལུས་སྦྱིན། Namobuddha Stupa | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | सिमलचौर श्यामपाटी गा.वि.स., काभ्रेपलाञ्चोक जिल्ला, नेपाल |
सम्बन्धन | बौद्ध |
वास्तुकला प्रकार | स्तूप |
Type | संस्कृतिक |
नमोबुद्ध (तिब्बती: སྟག་མོ་ལུས་སྦྱིན། तग्मो लुस्ज्यीन, वयली: stag mo lus sbyin), काभ्रेपलाञ्चोक जिल्लाको सिमलचौर श्यामपाटी गा.वि.स.मा पर्ने एक इतिहासिक प्रख्यात बौद्ध स्तूप हो। यो स्तूप तिब्बती बौद्ध धर्मालम्बीहरूले मनिन्ने तीन महान् चैत्यहरू [बुद्धानाथ, स्वयम्भूनाथ र नमोबुद्ध] मध्ये एक हो। यहाँ वनको मध्यभागमा बुद्धको चैत्य तथा स-साना बौद्ध गोन्पाहरू छन्। नमोबुद्ध क्षेत्रमा बुद्धमार्गी तामाङको बस्ती पनि रहेको छ।
नमोबुद्धको नामकरण
[सम्पादन गर्नुहोस्]बुद्ध शाक्यमुनिको जातकमा उल्लिखित नमोबुद्ध स्तूपको पौराणिक कथा
[सम्पादन गर्नुहोस्]असंख्य कल्प अघि जम्बू क्षेत्रमा महारथ र सत्यवती नामका राजारानी थिए । राजा महारथ पराक्रमी थिए । उनले पा“च हजारभन्दा बढी राज्यमा आधिपत्य जमाएका थिए । तिनका तीनवटा छोरामध्ये कान्छा महासत्व मैत्री, करुणा र परोपकारका निमित्त विख्यात थिए । एकदिन राजारानी र तीनवटै छोरा वनविहारमा गए । रुचिअनुसारका जंगलमा घुम्न थाले । यस क्रममा कान्छा राजकुमार महासत्व ८८ हजार ऋषिले तपस्या गरेको चारकोस लम्बाइ र दर्ुइ कोस चौडाइको गन्धमादन पर्वतको वनमा पुगे । ऋषिका आश्रमसमेत भएको त्यो वन क्षेत्रलाई योगाकूल, हिरण्यगिरि र द्वादश वन भनिन्थ्यो । जंगल बिहारको क्रममा कान्छा राजकुमार महासत्वले अत्यन्त दुब्ली पातली बघिनी र त्यसका पा“चवटा डमरू देखे । भोक र तिर्खाले ग्रसित बघिनी डमरूलाई खान तयार भएको पाए । राजकुमारको मनमा दया पलायो । बघिनीलाई केही खाने कुरा दिएर उद्धार गर्न खोजे । त्यसै वनमा घुम्दै गरेका आफ्ना दर्ुइ दाजुहरूलाई सोधे- बघिनीले के खान्छे - दाजुहरूले बताए- बघिनीको आहारा तातो रगत र आलो मासु हो । फेरि कान्छा राजकुमारले सोधे- कसैको प्राण बचाउन कसैको हानि नपुर्याउने उपाय छैन - दाजुले जवाफ दिए- कठिन छ ।
महासत्वले सोचे- जिन्दगी बेकारमा गइरहेको छ, दुनियामा कुनै बेला रागको निम्ति, कुनै बेला द्वेषका निम्ति र कुनै बेला मोहका निम्ति पनि शरीर त्यागिन्छ तर धर्मका निम्ति शरीर त्यागिएको छैन । र, यसतर्फमानिसको प्रवृत्ति पनि देखिन्न । दाजुहरू याताउति लागेको बेला महासत्वले बघिनी र डमरूलाई आफ्ने रगत र मासु दिएर भोक शान्त गराउने विचार गरे । बघिनीको आहाराका लागि लुगा फुकालेर बसे । तर बघिनी ज्यादै कमजोर भएकीले राजकुमार बसेको ठाउ“सम्म आउन पनि सकिन । यो अवस्था देखेर राजकुमार बघिनीको नजिकगए, आफ्नो औंला काटेर रगत चुसाए । रगत खाएपछि अलिकति शक्ति प्राप्त गरेकी बघिनीले राजकुमारको मासु खाई र डमरूलाई बचाउन सकी । राजकुमारको हड्डीमात्र बा“की रह्यो । राजकुमारको त्यो अद्भूत दान देखेर इन्द्रासन डग्मगायो, पृथ्वी काप्यो, पुष्पवृष्टि भयो, दुन्दुभि बजे, अप्सरा नाचे । त्यसैबेला देवता आएर मरेका राजकुमारको पर्ुनर्जन्ममा सम्यक् सम्बुद्ध प्राप्त हुने र भवचक्रको दुःख सागरबाट मुक्त भई उद्धार हुने बताए ।
उता दाजुहरू भाइ खोज्दै आए । उनीहरूले हड्डीमात्र देखे । त्यसैबेला दरबार फर्किसकेकी रानी सत्यवतीले विभिन्न दुस्वप्न देखिन् । रानीले स्वप्नामा आफ्ना दर्ुइ स्तन भुइ“मा खसेका, आफ्ना तल्लो बंगारा झरेका, शरीरभर सियोले घोचेको पीडा भएको, राजदरबारको कौसीमा भएका तीनवटा परेवामध्ये एउटालाई चीलले च्यापेर लगेको सपना देखेको राजालाई सुनाइन् । उनले कान्छो छोरालाई केही अनिष्ट भएको शंका गरिन् । त्यसैबेला जेठो र माहिलो छोराबाट कान्छो छोरालाई बघिनीले खाएको वृत्तान्त सुनिन् । यो खबरले राजारानी दुवै मर्ूर्छित भए ।
राजारानीसहित दुवै छोरा भाइको हड्डी हर्ेन भनी घटना भएको ठाउ“मा गए । महासत्वको कंकाल शरीरमात्र देखेर शोकमग्न भए । होस् फर्किएपछि राजाले छोराको कंकाल शरीरलाई श्रीखण्डजडित बाकसमा हालेर गाडे । त्यसमाथि चैत्य बनाएर पूजा गरे । पूजा गर्दागर्दै कान्छा राजकुमार सम्यक् सम्बुद्ध भएको आकाशवाणी भयो । चैत्यमा बुद्धरश्मि प्रकट भई राजारानीलाई मृत छोरा नै भगवान् बुद्ध हुने बताए ।
हामीले लोकमा बुद्ध भनेर मान्दै आएका शुद्धोधनका छोरा उनै महासत्व हुन् भन्ने बुद्धरश्मिबाट प्रमाणित भएको जनश्रुति छ । पौराणिक इतिहासअनुसार दस अवतारमध्ये एक मानिएको बौद्धावतारको वर्ण्राा बुद्धरश्मिबाट जानकारी भएको बुद्ध परम्परालाई हर्ेर्नुपर्ने भनाइ पनि नमोबुद्धको प्राकृतिक पर्यटकीय भ्रमणबाट अनुमान हुन्छ । इतिहासको तथ्य निरूपण गर्न छुट्टै अध्ययन आवश्यक भए पनि नमो बुद्ध क्षेत्रको शान्ति, अहिंसा र धार्मिक पर्यटनमा केही न केही रहस्य छ भन्नेमा शंका छैन ।