विश्व शान्ति स्तूप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विश्व शान्ति स्तूप
Shanti Stupa (World Peace Pagoda)
Shanti Stupa, Pokhara 03.jpg
विश्व शान्ति स्तूपको दृश्य (सन् २०१२ अप्रिल ५)
प्राथमिक विवरण
स्थान: पुम्दीभुम्दी गा.वि.स., कास्की जिल्ला, गण्डकी अञ्चल, Flag of Nepal.svg नेपाल
सम्बन्धन बौद्ध
वास्तुकला प्रकार स्तूप निर्माणकर्ता: निचिदात्सु फुजिई, जापान
ऊँचाई (अधिकतम) १,३०० मी (४,२६५ फिट)

विश्व शान्ति स्तूप कास्की जिल्लाको पुम्दीभुम्दी गाविस वडा नम्बर १ स्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको धार्मिक तथा पर्यटकीय स्थान हो। पोखरा पुग्ने करिब नब्बे प्रतिशत विदेशी पर्यटकहरू यस स्तूपको अवलोकनका लागि पुग्ने गर्दछन् भने आन्तरिक पर्यटकहरूको पनि गन्तव्यको पहिलो रोजाई यही ठाउँ हुने गरेको छ। गौतम बुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्मित शान्ति स्तूपमा पुगेपछि सांच्चिकै शान्तिको अनुभूति हुने पर्यटकहरूको भनाइ छ।

पर्यटकीय नगरी पोखराबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममा रहेको यस स्तुपको उचाई १ सय १५ फिट गोलाइ ३ सय ४४ फिट रहेको छ। मनमोहक दृश्य अवलोकनका लागि प्रख्यात सो स्तूप करिब बाइस रोपनी क्षेत्रफलमा फैलिएको छ। स्तूपको अग्रभागमा जापानमा निर्मित धर्मचक्र प्रवर्तन मुद्राका बुद्धको विशेष मुर्ती, पश्चिममा श्रीलंकाबाट प्राप्त ध्यान मुद्राको बुद्ध मुर्ति, उत्तरमा थाइल्याण्डबाट प्राप्त ढलोटबाट निर्मित ६ फिट लामो महापरिनिर्वाण बुद्ध मुर्ति र दक्षिण दिशामा नेपालमा बनेको सिद्धार्थको जन्ममूर्ति राखिएको छ। उत्तरमा माछापुच्छ्रे हिमाल, सराङकोट अनि काखमा फेवाताल बोकेको यस स्तूप अत्यन्तै रमणीय पर्यटकीय स्थल हो।

स्तूपको टुप्पामा त्रयोदंश भूवनको प्रतिक,१३ तल्ला(२० फिट) उचाईको गजुरमा सुनको मोलम्बा लगाईएको छ भने गजुरको माथिल्लो भागमा ठूलो क्रिष्टल स्टोन राखिएको छ। स्तूप निर्माणका लागि विसं २०३० साल भाद्र २७मा निप्पोन जान म्योहोजीका श्रद्धेय गुरू निचिदात्सु फुजिईले शिलान्यास गरेका थिए भने सोही वर्षको मंसिर १३ गते स्तुपको प्रार्थना गृहमा सिद्धार्थको जन्ममूर्ति राखिएको थियो। जब स्तूप निर्माण हुदै थियो ३५ फिट उचाई भएपछि तत्कालिन सरकारले नगरयोजनाको कारण देखाएर पवित्र स्थलको नामै मेटाउने प्रयास गर् यो। निर्माणाधिन अवस्थाका स्थानीय जानकारहरूका अनुसार स्तूप भत्काउन तत्कालिन शाहि नेपाली सेना परिचालन गरिएको थियो।

निर्माण[सम्पादन गर्ने]

स्तूप भत्काइए पनि यहाँका बौद्धमार्गी र शान्तिकामी नेपालीका लागि स्तूप निर्माणको सपना झन बलियो भएर गयो। पछि २०४९ साल जेठ ८ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुनः शिलान्यास गरेका थिए। निकै संघर्षपछि निर्माण गरिएको यो स्तूप अहिले पोखराका पर्यटन व्यवसायी र स्थानीय बौद्ध धर्मावलम्बीहरूका लागि गर्व गर्न लायक स्थल बनेकॊ छ।

तस्वीर संग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  • विश्व शान्ति स्तूपमा रहेको शिलालेख

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]