फेवा ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेवा ताल
सुर्यास्तको समय फेवा ताल को दृश्य, पोखरा
रहेको स्थानकास्की जिल्ला
भौगोलिक निर्देशांक२८°१२′५१″उ॰ ८३°५६′५०″पू॰ / २८.२१४१७°N ८३.९४७२२°E / 28.21417; 83.94722निर्देशाङ्कहरू: २८°१२′५१″उ॰ ८३°५६′५०″पू॰ / २८.२१४१७°N ८३.९४७२२°E / 28.21417; 83.94722
तालको प्रकारसफा पानी
अन्तर्वाहहर्पन तथा फिर्के खोला
सिंचित क्षेत्रफल१२२.५३ वर्ग किलोमिटर
सिंचित क्षेत्र नेपाल
अधिकतम लम्बाई४ किलोमिटर
अधिकतम चौडाई२ किलोमिटर
सतहको क्षेत्रफल५.२३ वर्ग किलोमिटर
औसत गहिराई८.६ मिटर
अधिक गहिराई२४ मिटर
पानीको आयतन०.०४६ घन किलोमिटर
सतहको उचाई७४२ मिटर
जम्नेजम्दैन
टापूहरूतालबाराही
बसोबासपोखरा, सराङकोट, कास्कीकोट, ढिकुरपोखरी

फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । 'फेवा' गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यसको बीचमा 'बराही मन्दिर'को अबस्थितिले यसलाई बराह मन्दिरमा पनि चिनाउन सफल भएको छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यी दृश्यहरूले सबैको मनलाई आनन्द र हर्स प्रदान गर्दछ। घाम झुल्किदा र अस्ताउदाको दृश्य पनि एकदमै हर्सलाग्दो र मनलाई प्रफुल्लित बनाउने हुन्छ।


डुङ्गातालबाराही मन्दिरको लागि प्रशिद्ध फेवा ताल

यो नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो ।[१] यो ताल भन्दा ठुलो गण्डकीमा पर्ने बेगनास ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ | यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ ।[२] यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) रहेको छ । यस तालको उत्तर दिशामा अन्नपूर्णा शृङ्खला रहेको छ, जुन २८ कि.मि.को दुरीमा छ । यो ताल माछापुच्छ्रे ,अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।अहिले तालमा जलकुम्बी झार र विभिन्न ठाउँबाट बगाएर ल्याएका मुढा, दाउरा, कागज आदि देख्न सकिन्छ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सूर्यास्तको बेलामा फेवा तल।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Aryal, Vijay (२८ अक्टोबर – २ नोभेम्बर २००७), "फेवा तालको क्षेत्रफल", Proceedings of Taal 2007: The 12th World Lake Conference, Jaipur, India (International Lake Environment Committee): 2292–2299। 
  2. Rai, Ash Kumar (२०००), "फेवा ताल र यसको विविधता", Limnology 1: 81–89, डिओआई:10.1007/s102010070014 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]