इम्जा हिमताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इम्जा हिमताल
इम्जा हिमताल
रहेको स्थाननेपाल
भौगोलिक निर्देशांक२७°५३′५३″N ८६°५५′४१″E / २७.८९८°N ८६.९२८°E / 27.898; 86.928निर्देशाङ्कहरू: २७°५३′५३″N ८६°५५′४१″E / २७.८९८°N ८६.९२८°E / 27.898; 86.928
प्रकारहिमताल
अन्तर्वाहइम्जा हिमनदी
बहिर्वाहगंगा नदी
सिंचित क्षेत्रफलunknown
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई२,००० मी (६,६०० फिट)[१]
अधिकतम चौडाई६५० मी (२,१३० फिट)[१]
सतहको क्षेत्रफल१.३ किमी (०.५० वर्ग माइल)[१]
औसत गहिराई४१.६ मी (१३६ फिट)[१]
अधिक गहिराई९०.५ मी (२९७ फिट)[१]
पानीको आयतन०.०३५८ किमी3 (०.००८६ घन माइल)[१]
सतहको उचाई५,००४ मी (१६,४१७ फिट) [१]
सन्दर्भ सामाग्री[१][२]

इम्जा हिमताल इम्जा हिमनदीबाट पग्लिएको पानी जम्मा भएर सन् १९६० तिर निर्माण भएको हिमताल हो। सन् २००९ मा गरिएको एक अध्ययनले यो हिमताललाई हिमालय क्षेत्रको सबैभन्दा छिटो बढिरहेको तालको रूपमा वर्गीकरण गरेको थियो।[२]

सोलुखुम्बु जिल्लामा पर्ने यस इम्जा हिमताल नेपालकै सबैभन्दा जोखिमयुक्त हिमताल मानिन्छ । इम्जा हिमतालमा ७ करोड ५२ लाख घन लिटर पानी रहेको बताइन्छ । वि.सं. २०७३ श्रावणमा नेपाली सेनाले विष्फोटको सम्भावना रहेको यो तालको पानी निकालेर जोखम कम गरेको थियो ।

इम्जा हिमताल र इम्जा हिमनदी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]