भित्री मधेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भित्री मधेस नेपालको पहाडी क्षेत्रतराई क्षेत्रका बीच विभिन्न ७ वटा उपत्यकाहरूको समूह हो। यस समूहका उपत्यकालाई भित्री तराई अथवा भित्री तराईका उपत्यका समेत भनिन्छ। भित्री मधेस अथवा भित्री तराई भनिने उपत्यकाहरूमा जोगबुढा (जोगबुढा उपत्यका), दाङ (बबइ उपत्यका), देउखुरी (पश्चिम राप्ती उपत्यका), चितवन (नारायणी पूर्वी राप्ती उपत्यका), माडी (चितवन रिउनदी उपत्यका), सिन्धुली (मरीनखोला उपत्यका) र उदयपुर (कमला त्रियुगा उपत्यका) रहेका छन्। भित्री मधेस भनिने यी उपत्यकाहरू उत्तरमा महाभारत पर्वतले पहाडी क्षेत्रसँग छुट्टिएको छ भने तराइसँग चुरे पर्वतमालाले अलग बनाएको छ। क्षेत्रफलमा साना र ठूला रहेका यी उपत्यकाहरू पहाडी उपत्यका (काठमाडौँ, पोखरा, सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हावापानीका लागि तराई क्षेत्रसँग केही समानता रहेता पनि अन्य कुराहरूमा पहडी क्षेत्रसँग बढी मेल खान्छ किन भने नेपालको धेरै ठाउँमा यी उपत्यकाहरू पहाड र तराई बिचका सांघु पनि हुन्।

जोगबुढा उपत्यका[सम्पादन गर्नुहोस्]

डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षिणमा रहेको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज रहेको छ भने रङ्गुन नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो। विकासका दृष्टीले केही पछि परेको भएता पनि यो क्षेत्र हाल विकासको बाटोमा रहेको छ। रङ्गुन नदीले सिँचित गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ। परशुराम धाम, आलि ताल जस्ता धार्मिक तथा पर्यटकीय स्थल रहेको यो क्षेत्र विकासको दृष्टिकोणले निकै पछाडि परेको छ।

दाङ उपत्यका (बबइ उपत्यका)[सम्पादन गर्नुहोस्]

दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भूगोल बबइ उत्यका भनेर पनि चिनिन्छ। स्योर लगायतका साना ठूला खोला नदीहरू पनि यो उपत्यकामा प्रवाहित हूँदै बग्ने गर्दछ। दाङ जिल्लामा पर्ने यो सबैभन्दा ठूलो उपत्यका सम्पूर्ण लुम्बिनी प्रदेशको अन्न भण्डारको रूपमा रहेको छ। यसका साथै यस क्षेत्र अन्तर्गत पर्ने दुई नगरपालिका त्रिभुवननगरतुल्सीपुर वाणिज्य केन्द्रको रूपमा विकास भइसकेको छ र यहाँबाट पहाडी क्षेत्रमा सामान पैठारी हुने गर्दछ। नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्याका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणिज्य केन्द्र समेत हो।

बिकससिल भएर पनि राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनीन्छ। सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्गसँग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा गर्दछ। साथमा दाङ राप्ती अन्चलको पहडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो। रोल्पा,रूकुम, सल्यानसँग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त। त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पश्चिमी खण्डको महेन्द्र राजमार्गसँग जोडदछ। स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन। दुर सञ्चारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रहेको छ भने ग्रामीण क्षेत्र तिर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलित छन। दाडको बारेमा अझबढी जानकारीका लागि त्रिभुवन नगर नगर पालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-२२ मिति मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अङ्ग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagarले पनि मध्दत गर्न सक्छन।

देउखुरी (राप्ती उपत्यका)[सम्पादन गर्नुहोस्]

राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यकाको मुख्यनदी राप्ती नदी नै हो। अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती मै मिल्दछन। दाङ उपत्यकाको पूर्व तथा दक्षिणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ। राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा श्वास्थ्यको पनि विकास हुदैछ साथै लमही, भालुवाङ तथा कुसुम जस्ता वाणिज्य केन्द्रको पनि विकास हुदै गइरहेको छ।

चितवन उपत्यका (नरायणी पूर्वी राप्ती उपत्यका)[सम्पादन गर्नुहोस्]

नेपालको मध्यभागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनीन्छ। पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ। दुई मुख्य नदी हरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन। त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी आदी खोलाहरू प्रवाहीत हुदै राप्ती नदीमा मिसिएका छन। त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ। जुगेडी खोला, लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसैगरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन। राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, विस हजारी ताल लगायतका सानठूला थुप्रै ताल तथा पोखरी समेत रहेका छन। यहांको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विविधतामा धनी मानीन्छ। चितवन राष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाडौँ र पोखरा पछि नेपाल कै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।

बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अन्चल नारायणी र लुम्विनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुरमा प्रसासनीक बिभाजनमा परेको छ। पूर्वको हेटुडाबाट शुरू भइ पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्विनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्लाका रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठूला नहर तथा कुला प्रणालीहरू खेतहरू सिंचित गर्न उपयो गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।

नेपालको पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवाससम्म पर्दछ। हाल चल्तीमा कम रहेपनी नेपाल कै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वी क्षेत्र हेटौडा हुदै काठमाडौँ गएको छ भने उपत्यकालाई काठमाडौँ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा भरतपुर रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक सञ्जालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक, भरतपुर शक्तिखोर उपरदाङगढी‎ सहायक सडक मार्ग, टाडी विरेन्द्रनगर शक्तिखोर सडक ,भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठूला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।

सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुविद्या यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठूला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणिज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालीका भरतपुर,हेटौडारत्ननगर रहेका छन। भरतपुर हेटौडा लगायतका ठूला वाणिज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा , अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जिल्लाका जनतालाई वाणिज्य सेवा दई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै काठमाडौँ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछिको सतौ ठूलो सहर हो।

त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा काठमाडौँ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगबुटवल पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देश कै प्रमुख औद्योगिकइन्डस्ट्रीयल सिटी हो। उपत्यकाको तेस्रो केन्द्र रत्ननगर पयर्टकहरूको चितवन राष्ट्रिय निकुन्ज पस्ने प्रवेशद्वार हो। चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीने छ।

माडी उपत्यका (चितवन) (रिउ उपत्यका)[सम्पादन गर्नुहोस्]

मध्यनेपालको चितवन उपत्यकाको दक्षिणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पनि भनिन्छ। यस उपत्यकाको प्रमुख नदी रिउ हो। क्षेत्रफलमा सारै सानो यस उपत्यकाको ठूलो भूभाग चितवन राष्ट्रिय निकुन्जमा पर्दछ पूर्व उत्तर तथा पश्चिममा चुरे पहाड दक्षिणमा सोमेस्वर पहासडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा चितवन जिल्ला अन्तर्गत पर्दछ र यहा चार वटा गाँउ विकास समिती रहेका छन। राष्ट्रिय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यकाको समुचीत विकास हुन सकेको छैन। तर केही विद्यालय, उच्च माध्यामीक विद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यकाको केन्द्र बसन्तपुर बजार हो। भरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यकाको यातायात केही सहज भएको छ भने रिउ नदीमा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठूला खोलामा पनि पुल बनाउन बाकी नै छ। यस उपत्यकालाई पूर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ।

सिन्धुली (मरीनखोला उपत्यका )[सम्पादन गर्नुहोस्]

सिन्धुली उपत्यकालाई मरीनखोला खोला उपत्यका पनि भनिन्छ। वाग्मती नदी काटेपछिको पाहडी क्षेत्रको पूर्वपट्टी मरीनखोला उपत्यका शुरू हुन्छ मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ। अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका मकवानपुर जिल्ला पश्चिम तथा सिन्धुली जिल्ला पूर्वमा विभाजीत छ।

उदयपुर (कमला उपत्यका)[सम्पादन गर्नुहोस्]

कमला नदी सिंचीत यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो। तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहीत छन। उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनीक संरचनामा रहेको छ। सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन। महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाडौँ जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग)ले उपत्यकाको यातायत सुचारू छ। तर दुई महत्त्वपूर्ण नगरपालिका सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ। ६९,३४० जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका (गाइघाट) यो उपत्यकाको सबैभन्दा ठूलो नगरहरू हो भने ३६,४४० जनसङ्ख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोस्रो ठूलो नगरपालिका हो। फलफुल तथा खेतीपातीको उत्पादनका लागि प्रसीद्व यो उपत्यका द्रुत गतीमा विकास भइरहेको छ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

[१] [२] वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-२७ मिति [३] [४] वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२९ मिति [५] [६] [७] [८] वेब्याक मेसिन अभिलेखिकरण २००२-१०-१२ मिति [९] [१०][dead link]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]